१५ बैशाख २०८१, शनिबार
कांग्रेसले बुर्का लगाएर राजतन्त्रको पक्ष लियो- प्रधानमन्त्री
  • काँचुली खबर

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसले सक्रिय राजतन्त्रका पक्षमा समेत बोल्न खोजेको आरोप लगाउनु भएको छ ।

धुम्बाराहीमा पार्टीनिकट पत्रकारलाई सम्बोधन गर्दै ओलीले कांग्रेस राजनीतिक मैदानमा वस्त्र फुकालेरै प्रस्तुत भएको र अराजकता मच्चाउँदै ‘बुर्का’ लगाएर राजतन्त्रको पक्षमा बोल्न थालेको आरोप लगाउनुभयो ।

ओलीले भन्नुभयो, ‘प्रचण्डजी र म दुर्गा प्रसाईंकहाँ जानू, मार्सी भात खानु गलत थिएन, फेसबुकमा फोटो राख्नु हुन्थ्यो तर विपक्षीले कुनै मुद्दा नपाएर मार्सी चामलको विज्ञापन गर्यो ।’

कार्यत्रफममा बोल्दै ओलीले अस्पतालमा हड्ताल गर्नु गैरकानुनी हो । डाक्टरले उपचार गर्दिनँ भन्नू मानवतामा पर्दैन, सेतो लुगा लगाएर एउटा पार्टीको कार्यक्रममा जाने काम गलत हो भन्नुभयो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई अपदस्त गर्ने भन्दै गोविन्द केसीका पछि लागेर अराजकता मच्चाउने काम लोकतन्त्र नभएको बताउनुभयो ।

यस्तै फरक प्रसंङ्गमा बोल्दै प्रधानमन्त्री ओलीले पर्यटनमा यसै आर्थिक वर्षमा देखिने नतिजा आउने बताउनुभएको छ ।
‘ओलीले भन्नुभयो’ शान्तपूर्णका नाममा तोडफोड र हिंसात्मक गतिविधि देखिरहेका छौँ । नबोलेको मात्र हो ।

  • ८ श्रावण २०७५, मंगलवार १२:२७ प्रकाशित
  • Nabintech