१३ बैशाख २०८१, बिहीबार
धमाधम मन्त्रिपरिषदको निर्णय लुकाउन थालियो
  • काँचुली खबर

काठमाडौं– पछिल्लो समय मन्त्रिपरिषद्मा भएका निर्णय अडकलेर मात्र सार्वजनिक गर्न थालिएको छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ–मन्त्रिपरिषदको निर्णय सरकारका प्रवक्ताका रूपमा सञ्चार तथा प्रविधिमन्त्रीले तत्काल पत्रकारसमक्ष प्रस्तुत गर्दै आएका छन् । तर, कहिले आधा त कहिले सार्वजनिक गर्दा फाइदा हुने निर्णयमात्र भन्ने र बाँकी लुकाउन थालिएको छ ।  खासगरी आलोचना हुन सक्ने निर्णयबारे सरकारका प्रवक्ता मौन रहने गरेका छन् ।  नियुक्ति तथा सरकारले बाँड्ने खर्चजस्ता विषयको निर्णय बताउने गरिएको छैन ।

गत सोमबार मन्त्रिपरिषद्ले भारत र मलेसियामा राजदूत सिफारिसको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे । तर, न्युयोर्कका लागि स्थायी प्रतिनिधि र यूएईमा राजदूत पनि सिफारिस गरिएकोबारे उनले केही बताएनन् ।न्यूयोर्कका लागि परराष्ट्र प्रवक्ता भरतराज पौड्याल र युएईका लागि दक्षिण एशिया महाशाखा प्रमुख कृष्ण ढकालको नाम सिफारिश गरिएको स्रोतको दाबी छ ।

  • ८ श्रावण २०७५, मंगलवार ०७:३४ प्रकाशित
  • Nabintech