१४ बैशाख २०८१, शुक्रबार
भारतमा देखियो नयाँ ‘ज्यानमारा’ रोग, २४ घण्टामा ४ को मृत्यु, नेपाल पनि खतरासूचीमा
  • काँचुली खबर

‘लेप्टोस्पायरोसिस’को लक्षण पनि ज्वरो, टाउको दुखाइ, शरीरमा दुखाइ, झाडापखाला, आँखा दुख्ने र रातो हुने, जोर्नीहरुमा दुख्ने, थकाइ लागेजस्तै हुने भएकाले बिरामीले अन्य सामान्य रोग ठानेर बस्दा ज्यान गएको हो

काठमाडौं । वर्षायाम छ । यस्तो बेला मलेरिया, डेंगुको खतरा छ । तर वर्षायामका बेला यो भन्दा डरलाग्दो रोग भारतमा देखिएको छ र पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएपछि यसले सिंगो भारत र छिमेकी देशमा पनि त्रास सिर्जना गरेको छ ।

‘लेप्टोस्पायरोसिस’ रोगका कारण मुम्बईमा मात्रै चारजनाको ज्यान गएपछि भारतका अन्य शहरमा पनि सतर्कता अपनाइएको छ । चिकित्सकका अनुसार, यो रोग घरमा पालिएका जनावरः कुकुर, बिरालो, मुसाबाट सबैभन्दा चाँडो सर्न सक्छ । ‘लेप्टोस्पायरोसिस’को जीवाणु शरीरमा प्रवेश गरेपछि २४ घण्टामै यसले संक्रमण बढाएर मृत्युसम्म पु¥याउँछ । ‘लेप्टोस्पायरोसिस’को लक्षण पनि ज्वरो, टाउको दुखाइ, शरीरमा दुखाइ, झाडापखाला, आँखा दुख्ने र रातो हुने, जोर्नीहरुमा दुख्ने, थकाइ लागेजस्तै हुने भएकाले बिरामीले अन्य सामान्य रोग ठानेर बस्दा ज्यान गएको हो ।

वर्षाका कारण ‘लेप्टोस्पायरोसिस’का बिरामी बढिरहेका छन् । गर्मी प्रभावित क्षेत्रमा यसको जीवाणु छिटो फैलने बताइएको छ । ‘लेप्टोस्पायरोसिस’ अफ्रिका, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, क्यारेबियनलगायतका देश हुँदै भारतसम्म फैलिएपछि चिकित्सकहरुले सावधानी अपनाउन भनेका छन् ।

भारतमा ‘लेप्टोस्पायरोसिस’को जस्तो लक्षण हुनासाथ स्वास्थ्य संस्था पुग्न र सतर्कता अपनाउन भनिएको छ । चिकित्सकका अनुसार, शुरुमा ‘लेप्टोस्पायरोसिस’को उपचार सहज भए पनि संक्रमण बढेपछि निकै कठिन हुने र ज्यानै जाने खतरा छ । वर्षामा ‘लेप्टोस्पायरोसिस’ को संक्रमण छिटो बढ्ने बताइएको छ । घरपालुवा जनावरका कारण ‘लेप्टोस्पायरोसिस’ छिटो सबैतिर पुग्ने भएकाले सतर्कता अपनाउन र वरपरका भूगोल र पानीका मुहान सफा राख्न भनिएको छ । वर्षायाम भएकाले हावापानी र भूगोल मिल्ने मात्र होइन, संक्रमण भित्रन सक्ने भएकाले नेपालमा पनि सतर्कता अपनाउने बेला भएको छ ।

(एजेन्सीको सहयोगमा)

  • ८ श्रावण २०७५, मंगलवार ०७:१८ प्रकाशित
  • Nabintech