१८ बैशाख २०८१, मंगलवार
गाेरखा स्कुलले मनायाे ११औं अभिभावक दिवस
  • काँचुली खबर

२७ माघ, काेहलपुर । गाेरखा युनाईटेड पब्लिक स्कुलले ११औं अभिभावक दिवस मनाएकाे छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले कोरनापछि पहिलो पटक अभिभावक दिवस मनाएकाे हाे ।
ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रकी उपाध्यक्ष ब्रह्मा कुमारी दुर्गा शर्माकाे प्रमुख उपस्थितिमा विद्यालयले विशेष समाराेहकाबिच अभिभावक दिवस मनाएकाे हाे ।

कार्यक्रम उदघाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी ब्रह्मा कुमारी दुर्गा शर्माले गुणस्तरीय र ब्यबहारिक शिक्षामा गोरखा युनाईटेड स्कुलले पुर्याएको योगदानको चर्चा गर्दै शैक्षिक हवका रुपमा कोहलपुर चिनाउन विद्यालयले खेलेको भुमिकाको खुलेरै प्रशंसा गरेकी थिईन । सामुदायिक र संस्थागत विद्यालयहरुलाई साथसाथै लैजानुपर्ने भन्दै शर्माले समाज परिवर्तन गर्न शिक्षाको जति महत्व छ शारिरीक तन्दुरस्तताका लागि खेल समेत उत्तिकै महत्वपुर्ण भएको औंल्याईन ।

गोरखा स्कुलले शिक्षाका अलावा विद्यार्थीहरुलाई सिकाईका बिभिन्न विधाहरु अंगिकार गरेको बताउदै आधुनिकतासंगै शैक्षिक प्रणालीमा समेत फेरबदल हुने भएकाले समय सापेक्ष शिक्षालाई डोर्याउनुपर्नेमा उनले जोड दिईन ।

बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,प्राज्ञ, बिभिन्न शैक्षिक अभियान्ता, अभिभावक, सुरक्षा निकायका प्रमुख, पत्रकार र विद्यार्थीहरुको वाक्लो उपस्थिती रहेको कार्यक्रमलाई दुई चरणमा बिभाजन गरि सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा कक्षा ९, १० र ११, १२ का विद्यार्थीहरुमार्फत मार्चपास गरिएको कार्यक्रममा कक्षा केजि देखि ८ सम्मका वालवालिकाहरुले कक्षागत नृत्य, एरोवीक, योगा, फेन्सि ड्रेस, पिटि तथा ड्रिल एवं तेक्वान्दोको कलन प्रस्तुत गरिएको थियाे । २०७९ सालमा एसईइ र कक्षा १२ मा विज्ञान तथा ब्यबस्थापन संकायमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुका अभिभावकलाई समेत सम्मान गरिएको कार्यक्रममा गुप्स टयालेन्ट हन्ट सिजन १० को नृत्य, कविता, गायन, हास्य ब्यङ्ग्य तथा चित्रकलाका फाईनल विधा समेत प्रस्तुत गरिएको थियो ।

अभिभावक, विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु बिच पनि रोमाञ्चित खेलहरु प्रस्तुत गरिएको कार्यक्रममा शिक्षक र प्रशासनिक कर्मचारीविच मैत्रिपुर्ण खेल समेत भएको थियो । उक्त मैत्रिपुर्ण खेलमा प्रशासनिक कर्मचारीहरुले विजय हासिल गरेका थिए ।

अन्तर सदनात्मक एघारौं फाउण्डर कप प्रतियोगिताका विजेता छात्रातर्फ पहेंलो सदन दोस्रो र छात्र छात्रा दुवैतर्फ हरियो सदनले प्रथम स्थान हासिल गरेकोमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

अभिभावक दिवसका अवसरमा विद्यालयले मार्च पास, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट हन्ट शो र बिभिन्न खेलकुदको आयोजना गर्दै रोचक तरिकाले मनाएको छ ।

गोरखा युनाईटेड पब्लिक स्कुलका संस्थापक तथा सञ्चालक केशर बहादुर आलेको सभापतित्वमा आयोजित कार्यक्रमका संयाेजक अरुण थापाले कार्यक्रमका बारेमा जानकारी दिएका थिए भने विद्यालयका प्रिन्सिपल साधना थापाले स्वागत मन्तव्य राखेकी थिईन ।

  • २७ माघ २०८०, शनिबार १५:४७ प्रकाशित
  • Nabintech