४ जेष्ठ २०८१, शुक्रबार
नेपालगन्जमा बेवारिसे अवस्थामा महिला शव भेटियो
  • काँचुली खबर

१८ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगन्जमा बेवारिसे शव फेला परेको छ । सोमबार बेलुका नेपालगन्ज उपमहानगरपालीका वडा नं. १० स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक महिला मृत अवस्थामा फेला परेकी हुन ।

नेपाली मुलको जस्तो देखिने नामथर, वतन नखुलेको अन्दाजी ३२-३३ वर्षकी महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्राम्भिक अनुसन्धान पश्चात हाल शव भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि ९ बैशाखमा समेत नेपालगन्जमा एक पुरुषको शव बेवारीसे अवस्थामा भेटिएको थियो । ति पुरुषको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • १८ बैशाख २०८१, मंगलवार १६:१८ प्रकाशित
  • Nabintech