४ जेष्ठ २०८१, शुक्रबार
ट्रकले ठक्कर दिंदा रुकुम पश्चिममा एकको मृत्यु
  • काँचुली खबर

१८ वैशाख, सुर्खेत । ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान त्रिवेणीको सिम्रुत बजारमा भएको दुर्घटनामा परी त्रिवेणी गाउँपालिका-७, खाराका ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो ।

सिम्रुत बजारमा आज बिहान विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट चालक गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रक चालक छत्रेश्वरी गाउँपालिका-७, सल्यान निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १८ बैशाख २०८१, मंगलवार १४:०२ प्रकाशित
  • Nabintech