४ जेष्ठ २०८१, शुक्रबार
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार
  • काँचुली खबर

१८ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री थप गरेका छन् ।

तीन दलीय गठबन्धन रहेको कर्णालीमा मुख्यमन्त्री कँडेलले आफ्नो दल एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोद कुमार शाहलाई नियुक्त गरेका छन् । उनले सांसद गोमता विकलाई भौतिक राज्यमन्त्री बनाएका छन् ।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, ऊर्जा तथा जलस्रोत मन्त्रीमा रणसिंह परियार, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही र दुर्ग रावत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

  • १८ बैशाख २०८१, मंगलवार १५:०१ प्रकाशित
  • Nabintech