१९ बैशाख २०८१, बुधबार
कोहलपुरमा तिन दिन जाडो बिदा (सुचनासहित)
  • काँचुली खबर

७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी १० गतेसम्म पालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने निर्णय गरेको हो ।

अत्याधिक चिसोका कारण विद्यालयमा पठनपाठनकालागी बालबालीकामा प्रतिकुल असर पर्न सक्ने देखिएको हुँदा मौसमको प्रतिकुलतालाई हेर्दै यहि माघ ८ गतेदेखी १० गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गर्ने निर्णय भएको कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा जारी गरीएको सूचनामा भनिएको छ ।

बाँकेमा दैनिक रुपमा चिसो बढ्न थालेपछि यसअघि नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाले जाडो बिदाको निर्णय गरेका थिए ।

  • ७ माघ २०८०, आईतवार १५:०२ प्रकाशित
  • Nabintech