१३ बैशाख २०८१, बिहीबार
टिपरले फेरि लियो ज्यान, मोटरसाइकल चालकको मृत्यु
  • काँचुली खबर

काभ्रेको बनेपा बजारमा टिपरले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। बनेपा प्रहरीका अनुसार मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन ।

मोटरसाइकल चालकको ज्यान गएपछि जम्मा भएको भिडले टिपरमा आगजनी गरेका छन् । टिपरको ठक्करबाट ज्यान जाने क्रम बढेपछि सरकारले राजधानी उपत्यकामा दिउँसोको समयमा सञ्चालनमा रोक लगाएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा दिउँसो समयमा टिपर चलाउन साउन १ बाट रोक लगाइएको थियो । तर उपत्यका बाहिरको काभ्रेमा टिपरले ज्यान लिएको हो ।

  • ७ श्रावण २०७५, सोमबार १३:२९ प्रकाशित
  • Nabintech