१६ बैशाख २०८१, आईतवार
जबर्जस्ती करणीका फरार अभियुक्त तिन वर्षपछि पक्राउ
  • काँचुली खबर

१२ कात्तिक, नेपालगन्ज । बाँके प्रहरीले तीन वर्षअघि जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जबर्जस्ती करणी गरी तीन वर्षदेखि फरार रहेका राप्तीसोनारी गाउँपालिका-५, बाँकेका ३९ बर्षीय जन्जिर थारुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

थारुले २०७७ माघ १० गते राजापुर नगरपालिका १५, बर्दिया घर भई नेपालगञ्ज उपमहानगरपालिका-६ मा डेरागरी बस्ने ४५ वर्षीय एक महिलालाई जबर्जस्ती करणी गरी फरार रहेको प्रनाउ डाँगीले बताए ।

पक्राउ परेका थारुलाई आइतबार आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको उनले जानकारी दिए ।

  • १२ कार्तिक २०८०, आईतवार १६:४९ प्रकाशित
  • Nabintech