१३ बैशाख २०८१, बिहीबार
रवि ओड बने नेपाल आईडल – २ का बिजेता
  • काँचुली खबर

चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् ।
फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् । उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् । दर्शकबाट सर्वाधिक भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् ।

यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेक पाएका छन् ।
दर्शकले दिएको भोटको आधारमा झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् । उनले १२ लाखको चेक पाएका छन् भने झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् ।

lokaantar.com बाट

  • ६ पुष २०७५, शुक्रबार २१:५१ प्रकाशित
  • Nabintech