११ बैशाख २०८१, मंगलवार
कांग्रेस गुट उपगुटमै सीमित !
  • काँचुली खबर

काठमाडौ(मलुकमा चरम वेथिति, अराजकता बढिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र आन्तरिक गुटबन्दी बढ्दै गएको छ ।  गत निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु पर्नाको एउटा प्रमुख कारण गुट उपगुट भएको औंल्याइए पनि शीर्ष नेतहरु अझै गुट उपगुटलाई नै मलजल दिइरहेका छन् ।

कांग्रेस प्रमुख रुपमा तीन गुटमा विभाजित छ भने प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि चलमलाइरहेको छ । राष्ट्रिय राजनीति तथा समसामयिक मुद्दालाई एकतावद्ध ढंगले प्रभावकारी रुपमा उठाउन नसकेको आरोप लागिरहेको बेला पछिल्लो समय कांग्रेस नेताहरु गुटगत भेलामा रमाउन थालेका छन् ।

सभापति शेरवहादुर देउवा पक्षका नेताहरुको भेला भएको भोलिपल्टै शीर्ष नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले सोमबार भेला गरी पार्टीभित्र गुट मौलाएको संकेत दिएका छन् ।आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ ।

  • १ श्रावण २०७५, मंगलवार ०७:३९ प्रकाशित
  • Nabintech