२१ जेठ, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।
आम उपभोक्ताहरूले आइतबार दिउसो तालाबन्दी गरेका हुन । साधारण सभामा कोषाध्यक्ष एक नारायण चापागाँईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै गठन गरेको छानबिन समिति प्रतिवेदन तयार पारेपनि सो प्रतिवेदन हाललाई गुपचुप राख्न खोजिएको छ । प्रमुख दलहरूको आग्रहमा समितिले प्रतिवेदन सार्वजनिक गर्न नसकेको छानबिन समितीका एक सदस्यले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले प्रतिवेदन तयार भई सकेपछि सर्वदलीय छलफल गरिएको र दलहरूले हाल सो प्रतिवेदन सार्वजनिक नगर्न दवाव दिएको बताए । उपभोक्ताहरूले प्रतिवेदन सार्वजनिक नगर्दासम्म निर्वाचन गर्न नहुनेमा जोड दिएका छन । यस्तै उपभोक्ताहरूको समुहले आईतबार नै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई भेटी प्रतिवेदन सार्वजनिक गरेर मात्रै निर्वाचन प्रक्रिया सुरु गर्न ध्यानाकर्षण गराएको छ ।