४ बैशाख २०८१, मंगलवार
काेहलपुर खानेपानीकाे निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)
  • काँचुली खबर

२० जेठ, काेहलपुर । काेहलपुर साना शहरी खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाकाे निर्वाचन तालिका सार्वजनिक भएकाे छ । संस्थाकाे नयाँ नेतृत्व चयनकालागि जेठ ३१ गते निर्वाचन हुने भएकाे छ ।

निर्वाचन समितिद्वारा जारी गरीएकाे तालिका अनुसार आज २० गते मतदाता नामावलि प्रकाशन गर्ने बताईएकाे छ । त्यसैगरी २२ गते उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने र २५ गते चुनाव चिन्ह वितरण गर्ने तालिका रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

झण्डै ८ वर्षपछि संस्थाकाे नेतृत्व चयनकालागि यस अघि जेठ २ गते भएकाे साधारणसभा तथा अधिवेशनले नेतृत्व छान्न सकेकाे थिएन । संस्थामा व्यापक अनियमितता भएकाे विषय पेचिलाे बन्दै गएपछि जेठ २ को साधारणसभाले छानविन समिति समेत गठन गरेका थियो ।

साधारण सभामा पेश गरेको एकिकृत भन्ने आर्थिक प्रतिवेदन सभामा उपस्थित प्रतिनिधिहरुलाई शंकास्पद लागेपछि ५ सदस्यीय छानविन समिती गठन भएको हो । हर्क बड थापा संयोजक रहेको उक्त समितीमा तेज प्रसाद अधिकारी, शशेन्द्र शाहि, शिव पोख्रेल र अमर चन्द सदस्य रहेका छन ।

  • २० जेष्ठ २०८०, शनिबार ०९:१३ प्रकाशित
  • Nabintech