७ बैशाख २०८१, शुक्रबार
कोहलपुर सटर काण्ड : मिलेमतोका थप प्रमाणहरू फेलापरे

प्रतिष्पर्धा बिना फुड बाटिकालाई सटर, निर्णय प्रक्रियामा मूल्यांकन समितिका सदस्य सचिव अनुपस्थित

  • काँचुली खबर

२३ चैत्र, कोहलपुर । नगर विकास समिति कोहलपुरको मातहतमा रहेका सटरहरु मिलेमतोमा आफुखुसी दिईएको थप तथ्य फेला परेको छ । कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली, कोहलपुर नगर विकास समितिको सटर भाडामा दिने कार्यबिधी र यस अघिका सबै परम्पराहरू तोडेर मिलेमतोमा सटर भाडामा दिएको पाइएको हो ।

प्रतिष्पर्धा बिना फुड बाटिकालाई सटर

नेपाल सरकारले कुनैपनि बस्तु खरिद बिक्री तथा भाडामा लगाउनका लागी सार्वजनिक खरिद नियमावली बनाएको छ । खरिद प्रक्रियालाई प्रतिस्प्रधात्मक बनाउन बनाइएको सार्वजनिक खरिद नियमावली कोहलपुर ११ न्युरोडमा रहेको सटर तथा सार्वजनिक शौचालय भाडामा लगाउँदा पालन नभएको पाइएको छ ।

सरकारी तवरबाट कुनै बस्तु खरिद बिक्री वा भाडामा दिन सार्वजनिक सूचना गनुपर्ने, परेका बेलपत्रलाई प्रतिस्पर्धात्मक बनाउन कम्तिमा ३ वटा फर्म, कम्पनी वा व्यक्ति बिच प्रतिस्पर्धा भएको हुनुपर्ने उल्लेख छ । सार्वजनिक खरिद नियमावलीका जानकारका अनुसार कोटेसनमा दिदा ३ वटा फर्म, व्यक्ति वा कम्पनी आवश्यक हुन्छ भने सार्वजनिक सूचना जारी गरेर बोल पत्र आह्वान गर्दा न्युनतम कम्तिमा ३ वटा फर्म अनिवार्य आवश्यक हुने गर्दछ ।

कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार सो बोलपत्र आह्वान गर्दा २ वटा फर्मले मात्रै बोलपत्र दर्ता गरेको देखिन्छ । बोलपत्रमा बढि भाडा कबोल गरेको फुड बाटिकालाई सटर र सार्वाजनिक शौचालय भाडामा दिएको उल्लेख छ । कोहलपुर नगर विकास समितका पूर्व अध्यक्ष टेक नारायण भुसालले सटर वा अन्य बस्तु भाडामा दिदा वा खरिद बिक्री गर्दा विगतमा प्रतिस्पर्धात्मक तरिकाले दिने गरिएको बताए । कम्तिमा तिन वटा फर्म बिच प्रतिस्पर्धा गराएर मात्रै टेन्डर प्रक्रियालाई पूर्णता दिने विगतको अभ्यास रहेको उनको भनाई छ ।

कोहलपुर नगर विकास समितका अर्को पूर्व अध्यक्ष अवराज खड्का पनि कम्तिमा ३ वटा फर्मले प्रतिस्पर्धा नगरे पुन सूचना आह्वान गर्नुपर्ने बताउँछन । विगतमा पनि सोही अनुसार हुने गरेको उनको भनाई छ ।

धरौटी बिना सटर भाडामा

सटर भाडामा लगाउने व्यक्ति वा संस्थाले समान्यतय केही महिनाको भाडा रकम धरौटी वापत राख्ने समान्य प्रचलन छ । सार्वजनिक खरिद नियमावली र कोहलपुर नगर विकास समितिले बिगतमा सटर भाडामा दिदा कम्तिमा ३ महिनाको भाडा रकम धरौटी वापत राख्ने गरेको थियो ।

तर सो नियमपछि फुड बाटिकाका लागी सटर भाडामा दिने समयमा पालना नगरेको पाइएको हो । कोहलपुर नगर विकास समितिको कम्प्युटर अपरेटर रेणुका रावतले फुड बाटिकालाई सटर भाडामा दिदा टेन्डरका वखत र सम्झौता गर्दाको समयमा पनि कुनै रकम धरौटी नराखिएको जानकारी दिइन । कोहलपुर नगर विकास समितका इन्जिनियर बिराज अर्यालले आफूलाई सो विषय जानकारी नभएको बताए । समान्य अवस्थामा तिन महिनाको धरौटी रकम लिने गरिएको उनको भनाई छ ।

सदस्य सचिवको उपस्थिति बिना मूल्यांकन समितिको बैठक

फुड बाटिकालाई सटर भाडामा दिने मूल्यांकन समितिको बैठकको निर्णय पुस्तिकामा कोहलपुर नगर विकास समितका सदस्य सचिव टिकाराम ढकालले अध्यक्षता गरेको व्यहोरा उल्लेख छ । तर काँचुली खबरलाई प्राप्त मूल्यांकन समितिको बैठकको निर्णय पुस्तिकामा ढकालको हस्ताक्षर छैन । सदस्य सचिव उपस्थित नभएको सो बैठकको निर्णय पुस्तिकामा इन्जिनियर बिराज अर्याल, अमिन पदम प्रसाद आचार्य, कम्प्युटर अपरेटर रेणुका रावतको मात्रै उपस्थिती र हस्ताक्षर छ । सदस्य सचिव ढकाल र लेखापाल टिकाराम खत्री अनुपस्थीत छन ।

बैठकको अध्यक्षता गर्ने ढकाल र लेखापाल नै अनुपस्थित भएको बैठकले कसरि सो निर्णय ग¥यो रु यसले निर्णय प्रक्रिया प्रति थप शंका उब्जाएको छ । उपस्थीतका विषयमा सदस्य सचिव टिकाराम ढकालसंग बुझ्दा आफ्नो उपस्थिती बारे एकिन बताउन सकेनन् । उनले मेरो अध्यक्षता बैठक बसेको भए आफु उपस्थित भएको हुनु पर्ने बताए ।

मिडियासँग झुट बोल्छन मेयर आचार्य

विगतमा २९ हजारमा दिएको सटर भाडामा दिने सम्झौता तोडेर १३ हजारमा फुड बाटिका लाई सटर भाडामा दिएको बारे बिभिन्न मिडियामा समाचार आएको थियो । समाचार आएपछि आफ्नो प्रतिरक्षा गर्दै कोहलपुर नगरपालिका प्रमुख तथा कोहलपुर नगर विकास समिती अध्यक्ष पुर्ण प्रसाद आचार्यले एक अनलाईन टिभि (युट्युव) मार्फत ४/५ वटा फर्म बिच प्रतिस्पर्धा गराएर फुड बाटिकालाई बोलपत्र स्विकृत गरेको बताएका थिए । तर कोहलपुर नगर विकास समितिले दिएको सुचनामा भने त्यसो भएको पाईएन । २ वटा फर्मले मात्रै सो प्रक्रियामा सहभागी भएको उल्लेख छ । उनले विषयको ज्ञान नभएकाहरुले समाचार मार्फत आफ्नो खेदो खनेको भन्दै अनौपचारीक रुपमा आक्रोश व्यक्त गरेका थिए । यद्यपी नगर बिकास समितिले अहिलेसम्म यस विषयमा आधिकारीक धारणा सार्वजनिक गर्ने हिम्मत गरेको छैन ।

सम्झौता मिच्दै कोहलपुर नगरविकास, २९ हजारको ठेक्का १३ हजारमा दिन चलखेल

  • २३ चैत्र २०७९, बिहीबार ०८:३० प्रकाशित
  • Nabintech