११ बैशाख २०८१, मंगलवार
६ वटा प्रदेशसभामा एउटै दलका सभामुख र उपसभामुख छापाबाट
  • काँचुली खबर

काठमाडौं – संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ ।’

त्यस्तै, प्रदेशसभाको हकमा पनि संविधानको धारा १८२ ९२० ले प्रस्टसँग भनेको छ– प्रदेशसभाको सभामुख वा उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भनेको छ । कान्तिपुर दैनिक लेख्छ –  तर, एक महिना बढी भइसक्यो, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा प्रदेश नम्बर २ बाहेक बाँकी ६ वटा प्रदेशसभाका सभामुख र उसभामुख एउटै दलका छन् ।

कानुन बनाउने निकाय संसद्‌मै देशको मूल कानुन उल्लंघन भइरहेको छ । त्यसलाई सच्याउनेभन्दा सत्तारूढ दल ढाकछोप र बचाउको प्रयासमा छन् ।

  • ३१ असार २०७५, आईतवार ०७:३० प्रकाशित
  • Nabintech