२१ माघ, काठमाडौँ । अखिल क्रान्तिकारीले अमृत साइन्स क्याम्पसका प्रमुख लोकबहादुर बराललाई अपहरण गरी गाडीमा राखेर राजिनामा पत्र तयार गरी हस्ताक्षर गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । संगठनका अध्यक्ष पञ्चा सिंहले शनिबार विज्ञप्ति जारी गरेर क्याम्पसका सहायक प्रमुख दिपक गुप्तासहित अनेरास्ववियुका केन्द्रीय सदस्य कमल जोशी, उज्जवल भण्डारीको समूहले राजिनामा गराउन त्रिवि लिदै गर्दा कालिमाटी प्रहरीले उद्धार गरेको बताउँदै घटनामा संलग्नलाई कारवाहीको माग गरेकी छन ।
“२०७९ माघ २० गते विज्ञान र प्रविधिको प्राज्ञिक केन्द्र लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण र गुन्डागर्दी शैलीमा अनेरास्ववियुका केन्द्रिय सदस्य कमल जोशी, उज्ज्वल भण्डारी सहायक क्याम्पस प्रमुख दिपक गुप्तासहितको अपराधिक समूहले आफैले राजिनामा पत्र तयार पारी हस्ताक्षर गर्न लगाई सहायक क्याम्पस प्रमुख दिपकराज गुप्ताको गाडीमा राखेर त्रिवि उपकुलपति समक्ष राजिनामा पेश गराउन भनी बाटोमा लिँदै गर्दा कालिमाटी प्रहरी बृत्तले पक्राउ गरेको छ । प्रहरीले उक्त अपाधिक समूहका उज्ज्वल भण्डारी र सहायक क्याम्पस प्रमुख गुप्तालाई बाटोमै पक्राउ गरेको र जोशी प्रहरीकै अगाडि फरार भएको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ” अध्यक्ष सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्ष सिंहले प्राज्ञिक क्षत्रभित्र भएको अपराधिक घटनामा जिम्मेवार संगठनका नेता कार्यकर्ता र क्याम्पस सहायक प्रमुख समेत संलग्नता हुनु सुन्ने र देख्नेहरुलाई समेत लज्जित र आक्रोशित बनाएको बताएकी छन ।
लोकतन्त्रमा आफ्ना जायज माग राख्ने अधिकार सबैलाई भएको बताउँदै अध्यक्ष सिंहले वैधानिक रुपमा आफ्ना माग राख्नुको सट्टा क्याम्पस प्रमुखमाथि अभद्र व्यवहार गरी गुन्डागर्दी शैलीमा आफैले राजिनामा पत्र तयार पारि अपहरण शैलीमा बन्धक बनाई जबरजस्ति हस्ताक्षर गर्न लगाउने कार्यको जति निन्दा गरेपनि कम हुने बताईन । यस्ता घटनाले पेशागत अधिकार मात्रै होइन मानव अधिकार समेत हनन् गरेको सिंहद्धारा विज्ञप्तीमा उल्लेख गरीएको छ । विज्ञप्तीमा घटनामा संलग्न अपराधीक समूहलाई तत्काल पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग समेत गरीएको छ । कारवाही नगरिए अपराधिक गतिविधिविरुद्ध कडाभन्दा कडा सङघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिईएको छ ।

२१ माघ २०७९, शनिबार २१:१४ प्रकाशित