७ बैशाख २०८१, शुक्रबार
पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधन
  • काँचुली खबर

काठमाडौं । पूर्व राज्यमन्त्री मुस्ताक आलमको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता आलमको हृदयघातका कारण शुक्रबार राती निधन भएको हो ।

आलमलाई हृदयघातभएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । आलम संघीय संसदको निर्वाचनमा रौतहट २ मा वामगठबन्धनबाट उम्मेद्वार बन्नुभएको थियो ।

श्रद्दान्जलीका लागि मुस्ताक आलमको पार्थिव शरीर शनिवार विहान ८(१० बजेसम्म केन्द्रीय कार्यालय, धुम्बाराहीमा राखिने नेकपाका नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

  • ३० असार २०७५, शनिबार ११:०५ प्रकाशित
  • Nabintech