१३ बैशाख २०८१, बिहीबार
गुण्डा नाईके सत्यमान लामालाई सांसद नबिना लामाले छुटाइन
  • काँचुली खबर

नेकपाकी सांसद नविना लामाले गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीबाट छुटाएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद नविना लामाको जिम्मा लगाएर लामालार्इ रिहा गरेको छ ।

बिहिबार विहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भए । सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो । काभ्रे स्थायी घर भएका लामालाई काभ्रेकै सांसद नविनाले ‘मेरो दाई हो’ भन्दै छाड्न दवाव दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानले गत वर्ष काभ्रेको सिपालीका किसानको माला लुटेका थिए । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ गरेर कारावाही गरेको थियो ।

  • २९ असार २०७५, शुक्रबार ११:२१ प्रकाशित
  • Nabintech