चिकित्सा क्षेत्रको सुुधारसम्बन्धी सात बुँदे माग राखेर १५औँपटक जुम्लामा अनशन बसेका डा। गोविन्द केसीले सरकारसँग वार्ताका लागि तयार भएको बताएका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रूपमा माग पूरा गर्न कुनै पहल नगरेकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी कुनै पनि बेला वार्ताका लागि तयार रहेको र सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने जानकारी पनि गराउन चाहन्छौं ।’ उनले दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी काम गर्न सरकारलाई आग्रह गरेका छन् । डा। केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बसेको बुधबार १२ दिन पुगेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२७ असार २०७५, बुधबार १४:५३ प्रकाशित