२३ बैशाख २०८१, आईतवार
ऐरावती ६ का अध्यक्ष पदका उम्मेदवार ईन्द्र खड्काले पाए चुनाव चिन्ह ‘लौरो’
  • ऐरावती/प्युठान

यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र सदस्यहरुले चुनाव चिन्ह ‘लौरो’ पाएका छन ।

शनिबार निर्वाचन कार्यालयले ६ नम्बर वडाका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खड्का र उनको प्यानलका स्वतन्त्र सदस्यहरुलाई चुनाव चिन्ह ‘लौरो’ प्रदान गरेको खड्काले जानकारी दिए । चुनाव चिन्ह ‘लौरो’ पाएसङ्गै अब जनताको घरदैलोमा भोट माग्न र आशिर्वाद लिनका लागि आफू र आफ्नो टिम पुग्ने उनले बताए ।

वडाका जनताले यो चुनावमा स्वतन्त्र व्यक्ति खोजेको हुँदा आफू अध्यक्ष पदमा उठेको र वडावासीले आफू र आफ्नो टिमलाई भोट दिएर जिताउँछन भनेर ढुक्क भएको खड्काले दावी गरे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा चुनावी मैदानमा उत्रेका थिए तर, त्यति बेला उनले हार व्यहोरेका थिए । उक्त निर्वाचनमा उनि दोस्रो भएका थिए । राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रानाले ५०१ मत प्राप्त गरी बिजयी बनेका थिए भने, खड्काले ४१८ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाएका थिए ।

खड्काको नेतृत्वमा ६ नम्बर वडामा रेशमबहादुर थापा र उमेश थापा खुल्ला सदस्य र राधा पाण्डे महिला सदस्य पदमा स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन ।

यो पनि पढ्नुहोस ।

ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित

  • १७ बैशाख २०७९, शनिबार १९:५३ प्रकाशित
  • Nabintech