१४ बैशाख २०८१, शुक्रबार
ईलाका प्रशासन कार्यालय काेहलपुरबाट साढे ९ हजार नागरिकता वितरण
  • काँचुली खबर

ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल

 

आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता
र बनकटुवा तथा कोहलपुर नगरपालिका समेतको कार्यक्षेत्र रहेको कोहलपुर ईलाका प्रशासन कार्यालयले सहज रुपमा सेवा प्रदान गरिरहेको कार्यालय प्रमुख दत्तराज हमालले बताएका छन ।
चालु आर्थिक वर्षमा १६ वर्षदेखि ७० वर्ष उमेर समुहका नागरिकहरुले नागरिकता प्राप्त गरेको हमालको भनाई छ । ०७३ चैत्र देखि ०७४ चैत्र सम्म बैवाहिक नागरिकता प्राप्त गर्ने ३९ जना, बादि जातीको पहिचानबाट प्राप्त गर्ने ४१ जना, अपाङ्गता भएका ४५ जना, जेष्ठ नागरिक २५ जना, कर्मचारी परिवारको सदस्य १० जना, नावालिक परिचयपत्र ४४ जना र आमाको सनाखतबाट २ हजार १ सय ९० जनाले नागरिकता प्राप्त गरेको ईलाका प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै सो कार्यालयबाट ६ सय ३३ जनाले सिघ्र राहदानी
प्राप्त गर्न सिफारिस लिएका छन भने, १ हजार ४३ जनाले कोहलपुरबाटै राहदानी प्राप्त गरेका छन ।
राहदानीबाट मात्रै ५५ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको कार्यालय प्रमुख हमालले बताए ।
त्यस्तै नेपाली नागरिकसँग विबाह गरि २९ जना भारतीय मुलका महिलाहरुले अंगिकृत नागरिकता प्राप्त गरेका छन ।
नागरिकता, पासपोर्ट, नावालिक परिचपत्र, दलित तथा जनजाती प्रमाणीत, ठाडो उजुरी दर्ता, बजार अनुगमन, सामान्य क्षतीको राहत वितरण जस्ता अधिकार प्राप्त
गरेको ईलाका प्रशासन कार्यालय कोहलपुरको आप्mनै भवन नहुँदा जनतालाई सहज रुपमा सेवा प्रदान गर्न गाह्रो परेको प्रमुख हमालले गुनासो समेत गरेका छन ।
संघिय सरकारले जग्गाको टुङ्गो लगाए, कार्यालय निर्माणको बजेट उपलब्ध गराईदिने भन्दा समेत जग्गाको टुङ्गो लगाउन नसकिएको हमालले बताए । हमालले नगर–पालिका, स्थानिय राजनितिक दल सबैसँग छलफल गरेको
र नगरपालिकाले उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने भनेपनि अहिलेसम्म सो काम हुन नसकेको हमालले बताए ।

  • २० असार २०७५, बुधबार ०९:१६ प्रकाशित
  • Nabintech