कुनै बेला भारतको कुख्यात डाँकुको नामबाट परिचित र मृत्यु दण्डको सजाय पाएका पञ्चम सिंह भोलि नेपालगन्ज आउँदैछन् । उनले वीरेन्द्रचोक, धम्बोजीमा स्थानीय नागरिकहरुसंग साक्षात्कार गर्दैछन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय प्रशिक्षण केन्द्र, नेपालगन्जले दिएको जानकारी अनुसार प्रतिशोधको भावनाबाट प्रेरित भई डाँकु बनेका र भारतका ५५६ जना डाँकूहरुको सरदार, १०० हत्याका आरोपी मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान, गुजरात खास चम्बलको घाँटी पहाडी क्षेत्रमा हत्या हिंसा, अपहरण र डकैती गरी आतंकित बनाएका, सरकार पक्षबाट उनीलाई समाउनका लागि २ करोड पुरस्कार घोषणा गरिएका र मृत्यु दण्ड सजायका भागीदार हिजोका डाँकू आजका राजयोगी पञ्चम सिंह भाई उक्त कार्यक्रममा आउन लागेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिले पञ्चमले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका कार्यक्रमहरुमा सहभागी भई मानिसलाई जीवनको मूल्य सम्झाई रहेका छन्, जीवन परिवर्तन गर्न आफ्नो जीवनलाई समर्पित गरिहेका छन्, राजयोगी बनेर ४६ वर्षदेखि देश विदेशमा आध्यात्मको ज्योति बाल्ने कार्यमा निरन्तर अघि बढिरहेका छन् । हाल उनी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,नेपाल क्षेत्रीय प्रशिक्षण केन्द्र, नेपालगंज सेवाकेन्द्रको निमन्त्रणामा आउने भएका छन् ।
विगत २२ वर्षदेखि राजयोग अभ्यास गरि आफूमा आएको उच्च मनोवलबाट आफ्नो दाँतको सहाराले बस, ट्रक, रेल आदि तानेर अनेकौं नगरमा प्रदर्शन गर्न सफल भएका क्षमतावान ब्रह्माकुमार अशीष भाईको समेत यस नगरमा आगमन हुने केन्द्रले जानकारी गराएको छ ।
९६ वर्षिय पञ्चमको परिवर्तित जीवनीसँग साक्षात्कार गराउनका लागि १९ गते मंगलवार साँझ ४ बजे स्थानीय वीरेन्द्र चोक, धम्बोजी स्थित कृषि विकास बैंक अगाडी साक्षात्कार, स्नेह मिलन एवं ब्रह्माकुमार अशीष भाईको प्रदर्शन समेत रहने कुरा केन्द्रकी क्षत्रीय प्रमुख व्रम्हाकुमारी दुर्गाले विज्ञप्ती मार्फत जानकारी दिएकी छिन् । शनिवार कैलालीमा व्रम्हाकुमार पञ्चम्ले वृहत जनसहभागितामा साक्षत्कार गरिसकेका छन् ।
१८ असार २०७५, सोमबार १९:०६ प्रकाशित