२४ बैशाख २०८१, सोमबार
लघुकथा : ‘सलह’ !
  • काँचुली खबर

सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो ।
लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो ।
दराजले अचम्म मान्दै सोध्यो, ‘के को नौटङ्की हो, लाल्टीन ?’ दिन दहाडै बलेको ।
लाल्टीनले भन्यो, ‘म केही खोजि रहेछु ।’
हिजो मात्र बास बसेको लक्ष्मी नारायण थाह पायो कि भन्ने शंका गर्दै दराज भन्यो, ‘के खोज्दै छस् त ?’
‘सलह खोज्दै छु ।’ लाल्टीनले झन नजिक जाँदै भन्यो ।
‘कस्तो पागल रहेछ ! सलह पनि हाकिमको कोठा-चोटा र दराजतिर हुन्छ ? किसानको बारीमा जा न । जहाँ बाली बोट बिरुवा हुन्छन् त्यहाँ पो सलह हुन्छ ।’ दराजले दर्शन छाँट्दै ढुक्क भयो ।
‘हैन हैन । घाँस खाने सलह खोजेको हैन ।’
‘कस्तो सलह त ?’
‘घुस खाने सलह !’
दराज र लाल्टीनको वार्तालाप सुनिरहेको हाकिमको मुटुमा चस्स घोच्यो र झसङ्ग झस्क्यो ।
छविलाल खड्का
कोहलपुर

छविलाल खड्काका ‘पाँच साइनो’ !

  • ११ भाद्र २०७८, शुक्रबार १९:३५ प्रकाशित
  • Nabintech