१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा ७६ औं मदन भण्डारी जयन्ती मनाईयो
  • काँचुली खबर

७६ औं मदन भण्डारी जयन्तीको अवसरमा बिहिबार नेपालगन्जमा समृद्ध नेपाल, सुखी नेपाली विषयक बिचार गोष्ठि सम्पन्न गरिएको छ । मदन भण्डारी फाउण्डेसन बाँकेको आयोजनामा गरिएको सो गोष्ठिमा मदन भण्डारीके ब्यक्तित्व, उनको तार्किक क्षमता र उनले प्रतिपादन गरेको जनताको बहुदलिय जनवादको बारेमा वक्ताहरुले आ-आप्mना धारणहरु राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मदन भण्डारीसँगको आप्mनो १५ वर्षिय राजनितिक यात्राको स्मरण गरे । पाण्डेले मदन भण्डारीसँग कयौं पटक एउटै विस्तारामा सुतेको र एउटै थालमा भात खाएको अनुभुती सुनाउँदै भने, ‘ताप्लेजुङको बिकट गाँउमा सामान्य किसान परिवारमा जन्मीएका मदन भण्डारी आप्mनै मिहेनत, क्रियाशिलता र क्षमताका कारण नयाँ बिचार दिने ठाँउमा पुग्नुभयो ।’
पाण्डेले नेपालमा शान्तीपूर्ण प्रतिस्प्रर्धाको माध्यमबाट जनताको विश्वास जितेर श्रेष्ठता हासिल गर्दै जनवादमा पुग्न सकिन्छ भन्ने कुरामा विश्वास गर्ने नेता भएको प्रस्ट पारे । नेपालमा विभिन्न क्रान्तीका मोडेलहरुको अभ्यास भएको बताउँदै पाण्डेले सत्तामा पुग्न बन्दुक सहायक र कहिलेकाँही निर्णायक पनि हुनसक्छ तर सत्ता टिकाईराख्न बन्दुक सहयोगी हुन नसक्ने बताए । रुसमा कम्यूनिष्ट पार्टीको नेतृत्वमा रहेको ४० लाख लालसेनाले समाजबादी राज्यसत्ता ढल्दासमेत चुपचाप बस्नुपरेको बताए । कुनैपनि पार्टीका निति र कार्यक्रम कागजी र यान्त्रीत होईन समय र आवश्यकता अनुसारको मागलाई सम्बोधन गर्ने खालको हुनुपर्ने बताए ।
समृद्ध नेपाल भएपछि मात्रै सबै नेपाली सुखी हुने बताउँदै पाण्डेले समृद्ध नेपाल भाषण गरेर होईन काम गरेर मात्र हुने बताए । समाजवाद उन्मुख अर्थब्यवस्थाकालागि राष्ट्रिय पूँजीको विकास गर्नु र समाजवादी उतपादन सम्बन्धको विकास गर्नु आवश्यक रहेको पाण्डेको तर्क छ । समाजवादका प्रमुख आधारहरु स्वास्थ्य, शिक्षा, यातायात र सामाजिक सुरक्षामा राज्यले नै प्रमुख जिम्मेवारी लिनुपर्ने उनले तर्क गरे । नेपालमा एउटै कम्यूनिष्ट पार्टी बनाउने र समाजवाद स्थापना गर्ने मदन भण्डारीको सपना पुरा गर्ने जिम्मेवारी पार्टी एकता पश्चात नेकपाका नेता कार्यकर्ताहरुमा आएकाले सबैले आ–आप्mनो जिम्मेवारी ईमान्दारी र कुशलतापूर्वक निर्वाह गर्न सुझाव दिए ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य जगप्रसाद शर्मा ‘अपार’ ले हिजो नेकपा एमाले र नेकपा माओवादी केन्द्र भिन्न राजनितिक बिचार, कार्यदिशा र सोचाईहरुबाट आएकाले ति बिचार कार्यदिशा र सोचाईहरु एक बनाउन केही समय लागेपनि उक हुनैपर्ने आवश्यकता रहेको बताए । बिचार गोष्ठीमा नेकपाका केन्द्रीय सदस्यहरु ठाकुर गैरे, दिनेशचन्द्र यादव, पुर्व साँसद दलबहादुर सुनार, देवराज भार र साँसद आई.पी. खरेलले मदन भण्डारीका बारेमा चर्चा गरेका थिए । सो गोष्ठि मदन भण्डारी फाउण्डेसन बाँकेका अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा भएको थियो ।

  • १४ असार २०७५, बिहीबार २१:३५ प्रकाशित
  • Nabintech