१ जेष्ठ २०८१, मंगलवार
गजल
  • काँचुली खबर

चोखो मायाँ पराइसंगै टाँसेका छौ रे,
त्यो मन मुटु सबै उतै गाँसेका छौ रे ।।

जता मल्कु उतै ढल्कु बानी तिम्रो देखें,
मेरै अघि कृत्रिम हाँसो हाँसेका छौ रे ।।

घरकी मुर्गी आलु भन्दै हिड्छौ रे तिमी,
जनानीको सबै इज्जत मासेका छौ रे ।।

मारे पाप-पाले पुन्य भन्दै सुम्पे माइतीले,
ससुरालीको पुरै विश्वास नासेका छौ रे ।।

छविलाल खड्का
कोहलपुर

छविलाल खड्काका ‘पाँच साइनो’ !

  • २९ जेष्ठ २०७८, शनिबार १२:३९ प्रकाशित
  • Nabintech