कुश्मा नगरपालिका ७ की अञ्जली पुरी सबै विषयमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएकी छन् । नतिजाअनुसार उनको आठवटै विषयमा समान ४ जीपीए छ । कुश्माकै कालीगण्डकी एकेडेमीकी यी छात्राले यो वर्षको एसईईमाधौलागिरि अञ्चलमै उत्कृष्ट अंक ल्याएकी हुन् । हजुरआमाको सहारामा एक गैरसरकारी संस्थाको छात्रवृत्तिमा पढ्दै आएकी उनी ग्रेडिङ प्रणालीको प्रवेशिका सुरु भएपछि उत्कृष्ट नतिजा ल्याउने पहिलो विद्यार्थी हुन् । सानैदेखि मिहिनेत गर्दैआएकी उनीबाट विद्यालयका शिक्षक-शिक्षिकाहरू पनि प्रभावित थिए । ‘अञ्जलीले उत्कृष्ट नतिजा ल्याउँछिन् भन्ने थियो,’ प्रधानाध्यापक वसन्तकुमार कर्माचार्यले भने, ‘टप हुन्छिन् भन्ने लागेको थिएन । यो नतिजाले हाम्रो विद्यालयको मात्रै नभएर पर्वतकै शीर उँचो बनाएको छ ।’ मोदी ६ गिज्यान घर भई कुश्मामा हजुरआमासँग बसेर पढेकी अञ्जलीले विद्यालयमा समेत गरी दैनिक १८ घण्टा पढ्ने गरेको बताइन् । ‘कुन विषयलाई कति समय दिने भनेर योजना बनाउँथें,’ उनले भनिन्, ‘बुवा अपांग भएकाले घरको काममा पनि सघाउनुपथ्र्यो । समस्याका बीच योजना बनाएरै पढेकी हुँ ।’
परीक्षामा उत्कृष्ट अंक ल्याउन उनले हस्तलेखन, कापीको साजसज्जा, पढाइमा ध्यान दिने, नयाँ कुरा नोटमा टिप्ने, अनुशासन, खानपान, सरसफाइ, पढाइमा रुटिन लगायतलाई ध्यान दिनुपर्ने बताइन् । परीक्षा राम्रो गरे पनि मुलुकका अन्य २४ जनाभित्र पर्छु भन्ने नलागेको उनले बताइन् । नतिजाअनुसार अञ्जलीसँगै मुलुकभरबाट ४ जीपीए ल्याउने २४ जना विद्यार्थी छन् । बाबु देवेन्द्र सानैदेखि अपांग भएर नियमित स्याहार र उपचारको आवश्यकताले परिवारै कुश्मा झरेका थिए । उनी ‘क’ वर्गका अपांग हुन् । आमा तुलसी स्थानीय सांकेतिक भाषा विद्यालयमा सहयोगी छन् । अञ्जलीको तीक्ष्ण क्षमताको पहिचान गर्दै हजुरआमा द्रौपताले एन्सर नेपाल नामक संस्थाको सहयोगमा निजी विद्यालयमा पढाएकी थिइन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिलेसम्म सबैतिरबाट पाएको सहयोगले हौसला मिलेको बताउने अञ्जलीको अब डाक्टरी पढ्ने धोको छ । ‘घरको अवस्था कुनै विषय पढ्न सक्ने छैन,’ उनले भनिन्, ‘अहिलेसम्म सहयोग गरेको संस्थाले थप सहयोग गर्ने आशा छ । इच्छा भए उपाय आउला नि । सानैदेखिको उद्देश्य मेडिकल लाइन हो । रिजल्टले थप बल दियो ।’ अञ्जलीले परिवारदेखि विद्यालय सबैतिरको वातावरणअनुकूल भएकाले यो नतिजा ल्याउन सकेको बताइन् । अक्षरांकन पद्धतिमा सुरु भएको परीक्षामा सधैं उत्कृष्टभित्र पर्न सफल कालीगण्डकी एकेडेमीले यो वर्ष आफ्ना ३२ विद्यार्थी सहभागी भएकोमा २५ जना ‘ए प्लस’ र ७ जना ‘ए’ ग्रेडमा उत्तीर्ण भएको जनाएको छ ।
१२ असार २०७५, मंगलवार ०८:३९ प्रकाशित