१ जेष्ठ २०८१, मंगलवार
लघुकथा : मन, इच्छा र प्रथा !
  • काँचुली खबर

रमेश हाफ क्या.वि. लिएर बजारमा लागेको रमाइलो मेला हेर्न गयो । ऊ एक्लै थियो । नियास्रो मान्दै पचास रुपियाँको बैशाखी टेकेर गेटभित्र प्रवेश गर्यो ।
‘हेलो रमेश सर ! पुर्वतिरको कुनामा आउनुस् ।’ राजु करायो ।
रमेश पनि उतै सोझियो । सामान्य भलाकुसारी भयो । हाकिम खराब भएको कारण विदा लिनु परेको गुनासो पोख्यो, रमेशले ।
मञ्चमा नानाथरिका गीतहरु घन्किरहेका थिए । दमित इच्छाहरुलाई उजागर गर्ने खाले डान्स चलिरहेका थिए । वान्स मोर.. वान्स मोर… का आवाजहरु दोहरिरहेका थिए ।
गीत, नृत्य र मेलामा देखिएका छोरेटा छोरेटीको प्रेमालापले रमेशको मन उद्धेलित भयो । मनभित्र काउकुति जाग्यो । जवानी फर्केर आएको भान भयो ।
‘राजु सर, ल म त घरतिर लागे ।’ रमेश छुट्टिन खोज्यो । दुवै छुट्टिए । रमेश घरतिर हानियो ।
बाटाभरि जवानीका यादले कुत्कुत्यायो । रोमाञ्चित मुडमा घर पुग्यो ।
‘प्राण प्यारी ! कहाँ छ्यौ ? आऊ मेरो अङ्गालोमा । म तिमीलाई अङ्गालोमा कसेर तृप्त हुन चाहन्छु ।’ रमेश बर्बरायो ।
घर पछाडिबाट राधिका कोकिल स्वरमा बोलिन् । ‘पति देव ! माफ गर्नुहोला, म धर्म दोषमा छु ।’ कुण्ठित स्वर गुन्जियो ।
छविलाल खड्का
कोहलपुर

छविलाल खड्काका ‘पाँच साइनो’ !

  • १२ जेष्ठ २०७८, बुधबार २०:१३ प्रकाशित
  • Nabintech