७ जेष्ठ २०८१, सोमबार
चौतर्फी दवावपछि रिहा भइन् रामकुमारी झाँक्री
  • काँचुली खबर

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

महानगरीय अपराध महाशाखाले झाँक्रीलाई राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै राज्यविरुद्धको कसुरमा पक्राउ गरेको थियो ।

  • २९ माघ २०७७, बिहीबार १८:३४ प्रकाशित
  • Nabintech