२ जेष्ठ २०८१, बुधबार
लघुकथा : बन्द !
  • काँचुली खबर

श्यामेको जीवन रिक्साको घण्टी बजाउँदै र पैडल मार्दैमा बितिरहेको थियो । उसको परिवारको मुख्य आयश्रोतको आधार तेही रिक्सा थियो । समयसङ्गै प्रविधिमा आएको परिवर्तनले रिक्सा सङ्कटमा पर्यो । अटो रिक्साले साधारण रिक्सालाई विस्थापन गर्यो । यो परिवर्तनले श्यामेको जीवनमा अर्को सङ्कट आइलाग्यो ।

‘जीवन चलाउन सारै गाह्रो भयो !’ नैराश्यपूर्ण भावभङ्गीमा श्यामेले श्रीमतीसङ्ग भन्यो ।
‘के गरौं त बुढा ? हाम्रो भाग्य यस्तै रहेछ !’ श्रीमतीले पनि उस्तै भावमा बोली ।
दुवैको सल्लाहमा ऋण गरेरै भए पनि एउटा अटो रिक्सा आयो । अब श्यामे अटोरिक्सा गुडाउन थाल्यो । निकै कडा प्रतिस्पर्धा छ, अटोरिक्सामा । सामान्य कमाईले परिवार धान्नै मुश्किल मुश्किल । ऋण जस्ताको तस्तै थाँति छ । कहिले यो चोक त, कहिले त्यो चोकमा अटोरिक्सा गुडाउनु श्यामेको दिन चर्या नै भयो ।
आज श्यामे खुसी भावमा साइलीको भट्टी पसलमा छिर्यो । ‘कहिले काहीँ त हामीलाई पनि मायाले हेर न हो साइली !’ श्यामे जिस्कियो ।
‘ए आऊ आऊ, सोल्टी । आजको दिन तिम्रै त थ्यो ।’ साइली पनि के कम ।
मन फुकाएर सोमरस र सितन लियो, श्यामेले । रमाइला गफगाफ पनि चले । सोमरसले आफ्नो करामत देखाउँदै गयो । चार प्लेट भुटन प्याकिङ्गको अर्डर दियो । पुरानो बाँकी समेत आज चुक्ता गर्यो । खुट्टा लर्खराउँदै अटो स्टार्ट गर्यो र हिड्यो ।

 

लघुकथा :  ‘संस्कार’ !

छविलाल खड्का
कोहलपुर

  • २३ माघ २०७७, शुक्रबार १३:२९ प्रकाशित
  • Nabintech