१३ बैशाख २०८१, बिहीबार
विश्वकप फुटबलमा आज कोस्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै
  • काँचुली खबर

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘ई’ को खेलमा आज कोस्टारिका र सर्बियाबीच प्रतिस्पर्धा हुदैछ । कोस्टारिका र सर्बियाबीचको खेल नेपाली समयअनुसार बेलुकी ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पहिलो पटक विश्वकपको एकै समूहमा परेका कोस्टारिका र सर्बिया दुवै टिम जित निकाल्दै शुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

विश्वकपमा कोष्टारिका र सर्बियाका यस्तो छ इतिहास

कोस्टारिकाले सन् १९९० मा भएको विश्वकपमा डेब्यु गरेको थियो । पछिल्लो समयमा लय देखाएको कोस्टारिकाले रसिया विश्वकपमा आफुलाई अझै माथिल्लो तहसम्म पुर्याउने लक्ष्य बनाएको छ ।

पहिलो पटकको विश्वकपमा कोस्टारिकाले समुह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई १-० गोलले पराजित गरेको थियो । दोस्रो खेलमा ब्राजिलसँग १-० गोलले पराजित भएको कोष्टारिकाले स्वीडेनलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा पुगेको थियो ।
अन्तिम १६ को खेलमा कोस्टारिका चेकोस्लोभाकियासँग ४-१ गोलले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो । कोस्टारिका सन् १९९४ र १९९८ मा कोस्टारिका समुह चरणबाट बाहिरिएको थियो ।

त्यस्तै, सन् २०१४ मा कोस्टारिकाले महत्वपूर्ण उपलब्धि हासिल गर्यो पहिलो पटक कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो । समुह चरणको पहिलो खेलमा कोस्टारिकाले उरुग्वेलाई ३-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा कोस्टारिकाले इटालीलाई १-० गोलले पराजित गरेको थियो ।

समुह चरणको अन्तिम खेलमा इंग्ल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । अन्तिम १६ को खेलमा कोस्टारिका र ग्रिसबीचको खेलमा पहिलो हाफमा १-१ गोल गरेपछि पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित गरेको थियो ।
त्यस्तै क्वाटरफाइनल खेलमा कोस्टारिका र नेदरल्याण्डस्बीचको खेल गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो ।

वार्यन रुइज

कोष्टारिकाका वार्यन रुइजले सन् २००५ मा भएको चिलीविरुद्धको खेलबाट अनतर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । रुइजको पहिलो अन्तर्राष्ट्रिय गोल भने २००५ मा होन्डुरसविरुद्ध गरेका थिए । उनले सन् २०१० को विश्वकप छनौटमा पनि गोल गरेका थिए तर, अन्तिम खेलमा उरुग्वेसँग पराजित भएपछि कोष्टारिका विश्वकपमा छनौट भने हुन सकेन ।

सन् २०१४ को विश्वकप छनौटमा रुइजले तीन गोल गरेका थिए । त्यसैगरी, २०१४ को विश्वकपमा पनि रुइजले ३ गोल गरेका थिए । ३२ वर्षीय रुइजले अहिलेसम्म खेलेका १०९ खेलमा २४ गोल गरेका छन् भने रसिया विश्वकपमा कोस्टारिकालाई माथिल्लो चरणसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने खेलाडीका रुपमा हेरिएको छ ।

जोइल क्याम्पबेल

कोस्टारिकाका फरवार्ड जोल क्याम्पबेलले सन् २०११ मा चीनसँगको मैत्रीपूर्ण खेलमा सिनियर टिमबाट डेब्यु गरेका हुन् । सन् २०१४ को विश्वकपमा उरुग्वे विरुद्ध क्याम्पबेलले एक गोल गरेका थिए । यो विश्वकपको अन्तिम १६ मा ग्रिसविरुद्ध क्याम्पबेलले पेनाल्टी मार्फत एक गोल गरेका थिए ।
२५ वर्षीय जोल क्याम्पबेल कोस्टारिकाका पहिलो रोजाइका खेलाडी हुन् भने उनले अहिलेसम्म खेलेका अन्तर्राष्ट्रिय ७७ खेलमा १५ गोल गरिसकेका छन् ।

विश्वकपको लागि कोस्टारिकाको टिम

गोलरक्षकः कैलोर नाभास, प्याट्रिक पेम्बेरटोन, लियोनेल मोरेइरा

डिफेन्डरः क्रिस्टियन गाम्बो, इयान स्मिथ, रोनाल्ड माटर्रिटा, ब्राएन ओभिइडो, ओस्कार दुर्ते, गियानकार्लो, गोन्जालेज, फ्रान्सिस्को काल्भो, केन्डेल वास्टन, जोन्हि अकोष्टा

मिडफिल्डरः डेभिड गुज्म्यान, याल्टसिन तेजेडा, केल्सो बोर्गेज, रानडेल अजोफेइफा, रोडनेइ वालेस, बार्यन रुइज, डेनिएल कोलिन्ड्रेस, क्रिस्टियन बोलानोस

फरवार्डः जोहान भेनेगास, जोएल क्याम्पबेल, मार्को युरेना

सर्बिया

सर्वियाको विश्वकप इतिहास युगोस्लोभाकियासँग जोडेर हेर्न सकिन्छ । लामो समय युरोपियन देश युगोस्लाभाकियाको पूर्ण प्रभावमा थियो सर्विया । युगोस्लाभाकिया सन् १९३० को पहिलो विश्वकपदेखि नै खेल्न थालेको हो ।

पहिलो विश्वकपमा युगोस्लोभाकिया सहभागि हुँदा सन् १९६२ मा सेमिफाइनल प्रवेश गरेको थियो । सम्म पुगेको थियो भने विश्वकपका सन् १९३० देखि सन् १९९० सम्मका ७ विश्वकप संस्करण सर्बीयाले युगोस्लोभाकियासँग हुँदा नै खेलिसकेको थियो ।
सन् १९९२ मा युगोस्लाभाकियाबाट सर्बीया र मोन्टेनेग्रो छुट्टीएपछि सर्बीया मोन्टेनेग्रो नाम राखेर एकता भएको थियो ।

सर्विया मोन्टेनेग्रोले सन् १९९८ फ्रान्सले आयोजना गरेको विश्वकपमा सहभागि भएको थियो । सन् २००६ को जर्मनीले आयोजना गरेको विश्वकपमा छनौट भएपनि सर्विया सर्विया मोन्टेनेग्रो समुह चरणबाटै बाहिरिएको थियो ।

सर्बिया आफै स्वायत्त भएपछि सर्बियाले सन् २०१० दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकप खेलेको थियो भने समुह चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा छनौट हुन नसकेको सर्विया रसिया विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने दाउमा छ ।

एलेक्जेन्डर मिट्रोभिक

सर्बियाका एलेक्जेन्डर मिट्रोभिकको अन्तर्राष्ट्रिय डेब्यु सन् २०१४ को विश्वकप छनौटमा बेल्जियम विरुद्धको खेलबाट भएको थियो । २३ वर्षीय एलेक्जेन्डरले २०१८ विश्वकप छनौटमा समेत गोल गर्दै सर्बियालाई रसिया विश्वकप पुग्न महत्वपूर्ण भूमिका निभाएका थिए ।
सर्बियाका फरवार्ड एलेक्जेन्डर ९ नम्बर जर्सीका साथ मैदान उत्रिने उनले अहिलेसम्म खेलेका ३८ खेलमा १६ गोल गरेका छन् ।

नेमन्जा म्याटिक

नेमन्जा म्याटिक सन् २००८ मा सर्बिया र पोल्याण्डबीचको खेलबाट अन्तर्राष्ट्रिय सिनियर टिमबाट डेब्यु गरेका थिए । सन् २०१८ को विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेका नेमन्जाले रसिया विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
२९ वर्षीय नेमन्जाले अहिलेसम्म खेलेका ४० खेलमा २ गोल गरेका छन् । मिडफिल्डरबाट खेल्ने नेमन्जा २१ नम्बर जर्सीमा मैदान उत्रिने गर्छन् ।

विश्वकपको लागि सर्विया टिम

गोलरक्षकः भ्लादिमिर स्टोज्कोभिक, पेड्र्याग राजकोभिक, मार्को मिट्रोभिक

डिफेन्डरः एलेक्सजेन्डर कोलारोभ, ब्रानिस्लाभ इभानोविच, दुस्को तोसिक, एन्टोनियो रुकाभेना, मिलोस भेलज्काविच, मिलन रोडिक

मिडफिल्डरः नेमाञ्जा माटिक, लुका मिलिभोजेभिक, सेर्गेज मिलिनकोभिक सेभिक, मार्को ग्युजिक, आडम ल्जाजिक, दुसान टाडिक, फिलिप कोस्टिक, एन्ड्रिज जिभकोभिक, नेमन्जा राडोन्जिक

स्ट्राइकरः एजेक्जेन्डर मिट्रोभिक, एलेक्जेन्डर प्रिजोभिक, लुका जोभिक

  • ३ असार २०७५, आईतवार १४:२१ प्रकाशित
  • Nabintech