१४ बैशाख २०८१, शुक्रबार
सिंगापुरमा भोलि उत्तर कोरियाली नेता किम र ट्रम्प भेट्दै
  • काँचुली खबर

सिंगापुर । सिंगापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता भएको छ ।  उहाँहरुबीच बिहान सिङ्गापुरका राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको चिनियाँ सचार समिति सिन्ह्वाले जनाएकाे  छ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुग्नुभएको छ । मंगलबार बिहान उहाँहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । भेटवार्ता स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम छ । विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुग्नुभएको जनाइएको छ ।

  • २८ जेष्ठ २०७५, सोमबार १७:१४ प्रकाशित
  • Nabintech