१४ बैशाख २०८१, शुक्रबार
न्यूनतम् पारिश्रमिक कार्यान्वयन आवश्यकः नेता पाण्डे
  • काँचुली खबर

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

नेता पाण्डेले शुक्रबार आयोजित ‘नयाँ बजेट र संचार क्षेत्र’ विषयक अन्तरक्रियामा उहाँले नेपालको संचार क्षेत्रलाई मर्यादित बनाउन पनि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्नुको विकल्प नरहेको  स्मरण गराउनु भयो ।

उहाँले जनताको सही सूचना पाउने अधिकारलाई हनन् हुन नदिन र पत्रकारहरुले जीविका चलाउन पुग्ने पारिश्रमिक पाउनुपर्ने बताउनु भयो ।

  • २६ जेष्ठ २०७५, शनिबार १४:१२ प्रकाशित
  • Nabintech