सामाजिक न्यायका निम्ति कानुन कार्यान्वयन आवश्यक
  • काँचुली खबर

नेपालमा दिगो शान्ती, समृद्धि र सामाजिक न्यायका निम्ति नेपालको संविधान २०७२ ले व्यवस्था गरेको कानुनको मर्म र भावना अनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता रेहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । रेडियो प्रतिबोध एफ.एम. कोहलपुरको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन ।
“दिगो शान्ती, समृद्धि र सामाजिक न्यायकालागि कानुनको कार्यान्वयन, जातिय छुवाछुत अन्त्यका लागि एकिकृत र योजनावद्ध अभियान” भन्ने नारा सहित गरिएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ की समानुपातिक साँसद पार्वती पुनले गरेकी हुन । साँसद पुनले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको दलित समुदाय प्रतिको जातीय छुवाछुत अन्त्य गर्ने कानुनको जुन प्राबधान छ, त्यतीलाई मात्रै ईमान्दारी पुर्वक कार्यान्वयन गर्न सके दलित समुदायका मानिसहरुको जिवन सम्मानित हुने बताईन ।
पुनले यहि संवैधानिक प्राबधानमा टेकेर जातिय छुवाछुत अन्त्यको बलियो कानुन बनाउन आफुले ५ नं. प्रदेश सदनमा कुरा उठाउने प्रतिवद्धता जनाईन । त्यस्तै कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले दलित समुदायको परम्परागत सिपको संरक्षण र प्रवद्र्धन गर्न उनिहरुले संचालन गरेका परम्परागत औजारहरु बनाउने काममा कोहलपुर नगरपालिकाको सहयोग निरन्तर रहने बताए । उनले सो समुदायका कालिगढहरुले उत्पादन गर्ने परम्परागत औजारहरुलाई आजको समाजको आवश्यकता अनुसार आधुनिकिकरण गर्न आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रममा दलित गैरसरकारी संस्था महासंघ नेपालका पूर्व केन्द्रिय अध्यक्ष गजाधर सुनारले ‘दलित समुदायको परम्परागत सिपको संरक्षण, प्रवद्र्धन र यसको आधुनिकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक आधारपत्र समेत प्रस्तुत गरेका थिए । आधार पत्रले मुख्य रुपमा कुनै पनि समुदायको विकास र सम्बृद्धिको निम्ति आर्थिक स्रोतको व्यवस्थापन र परिचालन महत्वपूर्ण हुने ठहर गरेको छ ।
कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य गिता सुनार, दयाराम वि.क. र दलित सेवा संघका अध्यक्ष कृष्ण वि.क. लगायतले आ–आप्mनो धारणा राखेका थिए । कार्यक्रम प्रतिबोध एफ.एम. का अध्यक्ष बुंदबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १८ जेष्ठ २०७५, शुक्रबार १८:३८ प्रकाशित
  • Nabintech