१५ बैशाख २०८१, शनिबार
बाँकेमा २ अर्ब ७२ करोड ६४ लाख बजेट
  • काँचुली खबर

सरकारले आगामी आर्थिक वर्ष २०७५\०७६ का लागि बाँकेका स्थानीय तहलाई २ अर्ब ७२ करोड ६४ लाख बजेट बिनियोजन गरेको छ । जिल्लामा रहेका ८ वटा स्थानीय तहलाई सरकारले सो बजेट बिनियोजन गरेको हो । सरकारले वित्तिय समानीकरण र सर्शत अनुदानमा मात्र बजेट विनियोजन गरेको छ । बाँकेको कुनै पनी स्थानीय निकायलाई समपुरक र बिशेष अनुदान भने सरकारले उपलब्ध गराएको छैन ।

जिल्लामा सबैभन्दा बढी बजेट नेपालगन्ज उप–महानगरपालिकालाई बिनियोजन गरिएको छ भने सबैभन्दा कम नरैनापुर गाउपालिकाको बजेट रहेको छ । नेपालगन्ज उप–महानगरपालिकाको बजेट ६५ करोड ४४ लाख, कोहलपुर नगरपालिकाको बजेट ४० करोड ८१ लाख रहेको छ । ६ गाउँपालिकामध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकालाई बजेट छुट्याएको छ भने दोस्रोमा खजुरा गाउँपालिका रहेको छ ।

राप्तीसोनारी गाउँपालिकालाई ३६ करोड २ लाख, खजुरा गाउँपालिकालाई ३५ करोड ७२ लाख, बैजानाथ गाउपालिकालाई ३१ करोड ३६ लाख, डुडुवा गाउँपालिकालाई २१ करोड ५७ लाख, जानकी गाउँपालिकालाई २० करोड ९२ लाख, र नरैनापुर गाउँपालिकालाई २० करोड ८० लाख रुपैया विनियोजन गरिएको छ । राप्तीसोनारी क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका हो भने नरैनापुरलाई सरकारले पिछडिएको क्षेत्रमा सूचीकृत गरेको छ ।

  • १६ जेष्ठ २०७५, बुधबार १७:५६ प्रकाशित
  • Nabintech