१२ बैशाख २०८१, बुधबार
नेपालगन्जबाट ६ जना जुवाडे पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव साढे १ बजे सो होटलको कोठा न. २१० मा जुवाखेल्दै गरेका ६ जना जुवाडे र उनीहरुको साथमा रहेको ७० हजार ८ सय १० रुपैया समेत बरामद गरेको छ ।
प्रहरी निरिक्षक विष्टले पक्राउ परेका जुवाडेहरु माथि अनुसंन्धान सुरु भएको जानकारी दिए । पछिल्लो समयमा बाँके प्रहरीले जुवा तास नियन्त्रणको लागि विषेश अभियान सञ्चालनमा ल्याएको छ ।

  • १६ जेष्ठ २०७५, बुधबार १७:०७ प्रकाशित
  • Nabintech