१३ बैशाख २०८१, बिहीबार
नेकपा र फोरमबीच २ बुँदे सहमति,
  • काँचुली खबर

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागि हुने सहमति भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका दुई अध्यक्ष केपी ओली तथा प्रचण्डबीच सोमबार दुई बुँदे समझदारी भएको हो ।

समझदारीपत्रमा फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुको सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरिएको छ ।

यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने पनि सहमति पत्रमा उल्लेख छ ।

सोसँगै फोरम सरकारमा सहभागि हुने ओली, प्रचण्ड र यादवले हस्ताक्षर भएको सहमतिपत्रमा उल्लेख छ ।

  • १४ जेष्ठ २०७५, सोमबार १२:४४ प्रकाशित
  • Nabintech