१५ बैशाख २०८१, शनिबार
पानीजहाज चढेर हिन्द महासागर पुगेको सपना देख्न थालेछुः नेम्वाङ
  • काँचुली खबर

काठमाडौं/ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिनिधिसभा बैठकमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पूर्वसभामुख सुवास नेम्वाङले सरकारले सपना देखेको कुरा स्वाभाविक भएको बताएका छन् ।

सधैं सपना देखाउने गरेको बताउँदै नेम्वाङले आफूले पनि सपना देख्न थालेको कुरा संसद्को बैठकमा सम्बोधन गर्ने क्रममा बताएका छन् । उनले भने– ‘सपना देख्नु गलत होइन, तर सपनालाई व्यवहारमा उतार्नुपर्छ ।’

नेम्वाङले सपनाको कुरा गर्दै ७ जेठपछि आफूले पानीजहाज चढेर हिन्द महासागर गएको सपना देख्न थालेको बताए । उनले भने– ‘पानीजहाजको सपना देख्न थालेका छौं । हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, ७ जेठपछि कोसी हुँदै, गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेछु ।’

नेम्वाङले प्रतिनिधिसभा बैठकमा आएका केही प्रश्नहरूको उत्तर दिने प्रयास गरेका छन् । उनले सरकारमा दम्भ आएको भनेर जुन खालको अभिव्यक्ति आएको छ त्यो गलत भएको बताए । उनले भने– ‘पटक्कै दम्भ गर्नु हुँदैन र मलाई त्यस्तो हुँदैन भन्नेमा पनि विश्वास छ ।’

नेम्वाङले  हुलाकी राजमार्गका बारेमा सरकारले ल्याएको नीति तथा कार्यक्रमको ५० नम्बर बुँदामा प्रस्ट रूपमा समावेश गरिएको बताए । उनले प्रतिपक्षलाई मिलेर काम गर्न पनि बैठकमा अनुरोध गरेका थिए ।

  • ११ जेष्ठ २०७५, शुक्रबार १८:२३ प्रकाशित
  • Nabintech