१५ चैत्र २०८०, बिहीबार
प्रधामन्त्री ओलीसँग अथकको भेटवार्ता
  • काँचुली खबर

काठमाण्डौं/बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले प्रधामन्त्री केपी ओलीसँग भेट गरी समसामयीक विषयवस्तुमाथी छलफल गरेका छन । बुधबार बाँके र बर्दियाका साँसदहरुको नेतृत्व गर्दै प्रधानमन्त्री भेट्न पुगेका साँसद अथकले बाँके र बर्दियाका रणनितिक र दुरगामी योजनाहरुको जानकारी गराउँदै बजेट बिनियोजनकालागि माग गरेका छन । साँसद अथकले लिखित रुपमै प्रधानमन्त्रीलाई मागपत्र बुझाएको जानकारी दिए ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले साँसद अथकले उठाएका मागहरु सकारात्मक रहेको भन्दै त्यसकालागी बजेट बिनियोजन गर्न लागिपर्ने बताएको साँसद जनसम्पर्क कार्यालय सचिव शिव सुनारले जानकारी दिए ।
सुनारका अनुसार, बाँकेको नेपालगन्जमा रहेको राँझा बिमानस्थललाई अन्तराष्ट्रिय बिमानस्थलको रुपमा स्तरोन्नती गरिनुपर्ने, कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणकालागी बजेट बिनियोजन गरिनुपर्ने, बाँकेको खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पतालको बिकासकालागी बजेट बिनियोजन गरिनुपर्ने, नेपालगन्ज कारकाँदोस्थित १० बिगाह जमिनमा निर्माण गर्ने भनिएको बहुउद्धेशिय सभाहल तथा प्रदर्शनी स्थललाई राष्ट्रिय योजनामा समोशव गरीनुपर्ने, कोहलपुर नगरको बिकासकालागि सघन सहरी बिकास कार्यक्रम संचालन गरिनुपर्ने मागहरु मागपत्रमा समोश गरिएको छ । त्यसैगरी बर्दियाको भुरीगाँउदेखि सुर्खेतको तेलपानी हुँदै कर्णाली प्रदेश जोड्ने अन्तरप्रदेशिय सडक र बाँकेको चप्परगौडीदेखि सल्यानको घुईयाबारीहुँदै कर्णाली प्रदेशसँग जोडीने सडक निर्माणकालागि बजेट माग गरिएको छ । साथै बाँकेको अगौयादेखि शम्सेरगन्ज, कोहलपुर हुँदै बर्दियाको भुरीगाँउसम्मको बाटोलाई ६ लेनको सडकका रुपमा बिस्तार गर्नकालागी बजेट बिनियोजन गरिनुपर्ने, नेपालगन्जदेखि बर्दियाको गुलरीयासम्म जोड्ने सडक मार्गलाई ४ लेनको बनाउनकालागी केन्द्रिय योजनामा समोश गरिनुपर्ने, बर्दियाको जिल्ला अस्पतालको स्तरोन्नती गरी ३ सय शैयाको बनाउनुपर्ने र सिकलसेल यनिमिया उपचारको प्रमुख केन्द्रका रुपमा बिकसीत गरिनुर्ने, राष्ट्रिय गौरवका सिक्टा सिचाई, भेरी ववई ड्राईभर्सन र हुलाकी सडकको काम समयमै सम्पन्न गर्नकालागि बजेट बिनियोजन गरिनुपर्ने लगाएतका मागहरु समावेश गरिएको सुनारले जानकारी दिए ।
मागपत्रमा बाँके र बर्दियाका सम्पूर्ण साँसदहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

  • ९ जेष्ठ २०७५, बुधबार १९:३१ प्रकाशित
  • Nabintech