२९ बैशाख २०८१, शनिबार
प्रकाशमान सिंह ले आफुले जित्ने बित्तिकै पार्टी पुनर्गठन गर्नु पर्ने जिकिर गरेका छन
  • काँचुली खबर

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।

सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने तेस्रो स्थानमा चित्त बुझाएका छन् । उनले ५ हजार ३३५ मत ल्याए ।
प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो ।

विगतमा दुईपटक संविधानसभामा जितेका सिंहले ह्याटि्रक गरेका छन् । कांग्रेसले देशव्यापीरुपमा पराजय व्यहोरिरहेको अवस्थामा सिंहको जितले उनलाई पार्टीभित्र बलियो पोजिसनमा पुर्‍याउने अनुमान गर्न सकिन्छ ।

विजयी भएलगत्तै दिएको प्रतिक्रियामा सिंहले अब पार्टी पुर्नगठन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पुरानो पार्टी भनेर मात्र नहुने र जनताको भावना बुझेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन् । उनले जनचाहना बुझेर जानुपर्ने समय आएको धारणा समेत राखे ।

अब पनि कांग्रेस यस्तो स्थितिमा रहिरहे र यहि नेत्रित्वले नै कांग्रेस चलाउने हो भने कांग्रेस सकिन्छ । देशभरीको चुनावको स्थिति हेर्दा कांग्रेसले जित्ने सम्भावना अत्यत न्यून रहेको कुरा पत्रकारहरु संग कुरा गर्दै भने ।पार्टीले तुरुन्त बैठक राखी पार्टी कहाँ र के कारणले चुक्यो त्यसको समिक्षा गर्नु पर्छ र फेरी पुनः हाम्रो शक्तिशाली पार्टी कांग्रेसलाइ पहिलेकै ठाउँमा ल्याउनु पर्छ भन्दै आफ्नै पार्टीलाई संदेश पनि दिए । सिंहले आफुले अब विकास निर्माणमा ध्यान दिने बताए । आफुलाई बारम्बार जिताउने मतदातालाई उनले धन्यवाद दिए ।”

  • २२ मंसिर २०७४, शुक्रबार २१:३६ प्रकाशित
  • Nabintech