२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको जित निश्चित भएको छ । यहाँ ३३०७ मतसहित कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली बिजयी भएका छन । यहाँ मतगणना सम्पन्न भइसकेको तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत मात्रै ल्याएका छन् । यहाँ रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँका छन ।
योगेश २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६३८८ मात्रै मत खसेको थियो । यहाँ १०७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२२ फाल्गुन २०८२, शुक्रबार १३:१२ प्रकाशित