१९ बैशाख २०८१, बुधबार
अन्तरास्ट्रिय बाल दिबस मनाईदै
  • काँचुली खबर

आज बिश्व भर अन्तरास्ट्रिय बाल दिबस मनाईदै छ । सोही अबसरमा बाकेको नेपालगन्जमा पनि सडक र्‍याली सहित एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महिला तथा बालबालिका शाखाको आयोजना र विभिन्न संघ संस्थाको समन्वय तथा सहकार्यमा मंगलबार बिहान सडक र्‍याली सहित कोण सभा सप्पन्न भएको छ । नेपालगन्जको बि पी चोक देखि शुरु भएको र्‍याली धम्बोझी चोक, सेतु बि क चोक हुँदै बागेश्वरी मन्दिरको पुर्ब पट्टी रहेको पार्कमा पुगेर कोण सभामा परीणत भएको थियो । उक्त र्‍यालीमा नेपालन्जका विभिन्न बिद्यालयका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाकि उप प्रमुख उमा थापामगरको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेल, महिला बालबालिका शाखा प्रमुख शोभा शाह, जिल्ला स्तरीय बाल क्लब सन्जालकी अध्यक्ष मेनुका रावत, नगर स्तरीय बाल क्लब सन्जालकी अध्यक्ष अन्जना चदुर्बेदी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा चित्रकला प्रतियोगिता र चम्चा दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका बालबालिकालाई उप प्रमुख उमा थापामगरले पुरुस्कार बितरण गरेकी थिईन । नगर स्तरीय बाल क्लब सन्जालका सचिब देबा बहादुर क्षेत्रीले उक्त कार्यक्रम संचालन गरेका थिए ।

  • ४ मंसिर २०७५, मंगलवार १०:२७ प्रकाशित
  • Nabintech