२७ बैशाख २०८१, बिहीबार
तक्माका लागि ९ करोड खर्चिदै
  • काँचुली खबर

सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयबाट यस प्रयोजनका लागि ९ करोड रुपैयाँ आइसकेको गृह मन्त्रालयको विभूषण शाखाले जनाएको छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख सहसचिव महादेव पन्तले विभिन्न मानपदवीबाट सुशोभित भएकाका लागि तक्मा बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए । राजधानी दैनिकमा खबर छापिएको छ ।

  • २८ कार्तिक २०७५, बुधबार ०७:३४ प्रकाशित
  • Nabintech