२ जेष्ठ २०८१, बुधबार
बस दुर्घटना अपडेट : मृतक ६ मध्ये ५ को सनाखत, ५० घाइते पहिचान
  • काँचुली खबर

नवलपुर । मध्यविन्दु नगरपालिका नम्बर ११ स्थित अरुणखोलामा आज बिहान भएको बस दुर्घटनाका ६ मृतक मध्ये ५ जनाको सनाखत भएको छ । दुर्घटनाका ५० घाइतेको नाम र अवस्था पहिचान भएको छ।

दुर्घटनामा मोरङ सुन्दरहरैचा १२ का सुहन कार्की, भोजपुर हतुवागढी ६ का २७ वर्षीय रामजित राई, सुनसरी घर भई नवलपरासी जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत ३२ वर्षिय अब्दुल अन्सारी, भारत बिहारका बिधानन्द यादवको टनासथलमै मृत्यु भएको छ । गुल्मी हस्तचौर २ की तिलक विष्टको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतक १ पुरुष सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ५० जनाको भरतपुर र ९ जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेको नाम र अवस्था

१, मोरंङ उर्लाबारी ३ का ३५ वर्षीया पवित्रा भण्डारी, टाउकोमा चोट, अवस्था गम्भीर
२ सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेत, टाउकोमा चोट, अवस्था गम्भीर
३ बारा ३० वर्षीया रिता बासखोर, टाउको दाया र हातमा चोट, अवस्था गम्भीर
४ उदयपुर बेलटारका २२ वर्षीया सुनिता बिष्ट टोउको दाया हातमा चोट, अवस्था गम्भीर

५, उदयपुर बेलटारका २६ वर्षीय दिपेश बिष्ट ढाडमा चोट, अवस्था मध्यम
६, रुपन्देहीका २० वर्षीय तिलकुमार चौहान, मुखमा चोट, अवस्था मध्यम
७, सुनसरीका ३० वर्षीय भुपाल बिष्ट टाउकोमा चोट, अवस्था मध्यम
८ सुनसरी इटहरीका ३० वर्षीया बबिता महत टाउकोमा चोट, अवस्था मध्यम
९, भारत अछमका ३५ वर्षीया तारा देवी टाउकोमा चोट, अवस्था मध्यम
१०, सप्तरीका २६ वर्षीय सागर झा बाया हात मा चोट, अवस्था मध्यम

११, सिराहाका २२ वर्षीय धर्मेन्द्र यादव, ढाडमा चोट ,अवस्था मध्यम
१२, भारत बिहारका १६ वर्षीय कर्णकुमार टाउकोमा चोट, अवस्था मध्यम
१३, भारत बिहारका १७ वर्षीय सम्सेर आलम टाउकोमा चोट, अवस्था मध्यम
१४, भारत बिहारका १४ वर्षीय श्रवण कोहार टाउकोमा चोट, अवस्था मध्यम
१५, भारत बिहारका १८ वर्षीय कौशल आलम दाया हातमा चोट, अवस्था मध्यम
१६, भारत बिहारका १७ वर्षीय दिल साह आलम टाउकोमा चोट, अवस्था मध्यम
१७, भारत बिहारका ४ वर्षीय कृष्णकुमार साह टाउकोमा चोट, अवस्था मध्यम
१८, रुपन्देही बुटवलका ३५ वर्षीय सरोज ढकाल टाउकोमा चोट, अवस्था मध्यम
१९, नसरी इटहरीका ४० वर्षीय अवदेस कर्ण, ढाड र दाया हातमा चोट, अवस्था मध्यम
२०, रुपन्देही सैनामैनाका २८ वर्षीया गिता ढकाल टाउको र छातीमा चोट, अवस्था गम्भीर

  • ४ कार्तिक २०७५, आईतवार ११:२६ प्रकाशित
  • Nabintech