२६ बैशाख २०८१, बुधबार
अटो दुर्घटना हुँदा १ को मुत्यु ४ घाइते
  • काँचुली खबर

प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
बाग्दुलाबाट खबाङ तिर दशै मनाउन घर जान लागेका यात्रुलाई लैजादै गरेको अटो आइतबार राती ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि ४ जना घाईते भएका छन् । घाईते हुनेमा नौवहिनी –खवाङकै ४६ वर्षिय कालिदेवी पुन, चालकको श्रीमती र छोरी रहेका छन् । चालकको श्रीमती र छोरीको अवस्था सामान्य छ । ४६ बर्षिया घाइते कालिदेवी पुनलाई जिल्ला अस्पताल विजुवारले थप उपचारको लागि वुटवल रिफर गरिएको प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । अटोमा चालक सहित ५ जना यात्रु सवार रहेका थिए । दुर्घटना के कारण भयो भन्ने अनुसन्धान भैइरहेको छ । चालक लाल बहादुर गिरी प्रहरी नियन्त्रणमा रहेका छन ।

  • २९ आश्विन २०७५, सोमबार ०८:२२ प्रकाशित
  • Nabintech