४ जेष्ठ २०८१, शुक्रबार
‘छक्का पन्जा ३’लाई २ दिनमा २ करोड
  • काँचुली खबर

बुधबारदेखि रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले बम्पर कमाई गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन वुधबार १ करोड ३० लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । वुधबार यो चलचित्रले देशैभर हाउसफूलको व्यापार गरेको थियो ।

रिलिजको दोश्रो दिन बिहिबार पनि चलचित्रको व्यापार राम्रो छ । दोश्रो दिन चलचित्रले ८० लाख माथिको व्यापार गरेको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् । दुई दिनमा चलचित्र २ करोड ग्रस कलेक्शन गर्न सफल भएको छ । यसपटकको बिषयवस्तुलाई दर्शकले रुचाएका कारण पनि शुक्रबार र शनिबार चलचित्रले आक्रामक कलेक्शन गर्ने संकेत देखिएको छ ।

  • २७ आश्विन २०७५, शनिबार १४:२१ प्रकाशित
  • Nabintech