५ फागुन, एजेन्सी । अर्कोचोटि पूर्णचन्द्र हेरेर मक्ख पर्दा कृपया एक पटक ‘थीआ’ पनि सम्झनुहोस्।
झन्डै साढे चार अर्ब वर्षअघि पृथ्वीसँग बज्रिएको भन्ठानिएको एउटा काल्पनिक ग्रहलाई वैज्ञानिकहरूले ‘थीआ’ नाम दिएका हुन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उक्त भीषण घटनापश्चात् उछिट्टिएका टुक्राटाक्री नै पछि गएर चन्द्रमा बनेको ठानिएको छ।
यो विश्वासअनुसार थीआको ‘बलिदान’ नभएको भए हाम्रो प्राकृतिक उपग्रह चन्द्रमाको उत्पत्ति नै हुने थिएन र तपाईँले पनि यो लेख पढ्न पाउनुहुने थिएन।
एउटा ‘भीषण’ ठक्कर
प्रारम्भिक कालको पृथ्वी तथा करिब मङ्गल ग्रहजत्रो पिण्डबीच ‘भीषण’ ठक्कर भएको वैज्ञानिकहरूले ठानेका छन्। त्यो घटनापछि उछिट्टिएका टुक्राहरू बिस्तारै जम्मा भएर नयाँ चन्द्रमा बनेको हुन सक्ने उनीहरूको आकलन छ। ठानेका छन्।
‘जायन्ट इम्प्याक्ट हाइपथसिस’ नाम दिइएको उक्त अनुमानअनुसार त्यो टकरावपश्चात् विकसित भएको सम्बन्धको पृथ्वीमा जीवनको उदयका निम्ति अत्यधिक महत्त्व रहन पुग्यो।
अन्य विषयका अतिरिक्त बितेका केही अर्ब वर्षयता जसरी चन्द्रमाले हाम्रो ग्रहसँग गुरुत्वाकर्षण तानातानको सम्बन्ध बनायो, त्यसले आफ्नो अक्षमा घुम्ने पृथ्वीलाई एउटा स्थिरता प्रदान गर्यो अनि हामीलाई एउटा स्थिर जलवायु प्रणाली मिल्यो।
‘जलवायु स्थिरताको अभावमा यहाँ विषम जलवायु तथा मौसमी प्रणाली हुन्थे, जसले जीवनको विकासलाई सहयोग गर्दैनथ्यो’ जर्मनीको माक्स प्लाङ्क इन्स्टिट्यूट फर सोलर सिस्टम रिसर्चका विज्ञ प्राध्यापक थोर्स्टन क्लाइनले भने।
पृथ्वीले भोगेको हुन सक्ने उक्त भयङ्कर तथा अझै रहस्यमय घटनाबारे गत नोभेम्बरमा अध्ययन गरेको एक अन्तर्राष्ट्रिय टोलीमा क्लाइन पनि सहभागी थिए।
‘साइन्स’ जर्नलमा प्रकाशित शोधपत्रमा उक्त टोलीले पृथ्वी तथा चन्द्रमाको पदार्थको रासायनिक परीक्षण गर्दा सौर्यमण्डल निर्माणको त्यो उथलपुथलपूर्ण समयमा पृथ्वी र थीआ असहज छिमेकीका रूपमा रहेको विश्वासमा बल पुगेको उल्लेख गरेको छ।
एउटा चन्द्रमा, तर कैयन् अनुमान
तर हामीले सधैँ थीआबारे सोचेका चाहिँ थिएनौँ। सन् १९६९ मा मानवजातिले चन्द्रमाको सतहमा पहिलो पाइला टेक्नुअगाडि चन्द्रमाको उत्पत्तिबारे तीनथरी अनुमान थिए।
‘फिशन’ सिद्धान्तअनुसार द्रुत गतिमा घुमिरहेको पृथ्वीबाट ठूलो चोक्टा अन्तरिक्षमा हुत्तियो र चन्द्रमा बन्न पुग्यो।
‘क्याप्चर’ सिद्धान्तअनुसार सौर्यमण्डलमा अन्यत्रै बनेको चन्द्रमालाई पृथ्वीको गुरुत्वाकर्षणले तान्यो र यतै राख्यो।
अनि ‘कोफर्मेशन’ सिद्धान्तअनुसार चाहिँ पृथ्वी र चन्द्रमा सँगसँगै उत्पत्ति भए र सँगसँगै स्थिर भएर रहे।
ती अनुमानमध्ये कुनै एउटालाई बल पुर्याउनुको साटो नासाको अपोलो चन्द्र अभियानले अर्कै नयाँ अनुमानतर्फ औँल्यायो।
के पृथ्वीले थीआलाई ‘निलेको’ थियो ?
यो समाधान ननिस्किएको एक रहस्य हो। अन्दाजी साढे छ करोड वर्षअगाडि जब एक ‘कुख्यात’ खगोलीय पिण्ड पृथ्वीमा बज्रन आइपुग्यो र यहाँका डाइनसोरलगायतका जीव लोप भए, तब त्यसले मेक्सिकोको युकातान प्रायद्वीपमा विशाल खाडल बन्यो। तर थीआले त्यस्तो निसाना पनि छाडेको पाइएको छैन।
क्लाइनका अनुसार थीआको पिण्ड पृथ्वीको दश भागको एक भाग जति थियो। अर्थात् पृथ्वीसँग ठोकिँदा त्यो टुक्राटुक्रा हुन पुग्यो र त्यसका अधिकांश हिस्सा पृथ्वीमै गाभियो। केही टुक्राटाक्री उछिट्टिएर अन्तरिक्षमा पुगे र चन्द्रमाको अंश बन्न पुगे।
‘त्यस्तो कुनै ठक्कर भएको भए हुने स्वाभाविक परिणाम यही हो। तर हामीले चन्द्रमामा थीआको संरचनागत चिनो भेट्टाउनुपर्थ्यो, जुन अहिलेसम्म भेटिएको छैन’ ती वैज्ञानिकको भनाइ छ।
‘हामीले के भनेका छौँ भने सौर्यमण्डलको एकै स्थानमा बनेको हुनाले पृथ्वी तथा थीआ निकै समान थिए’ उनको भनाइ छ।
साथै हामीलाई थाहा छ कि हाम्रो ग्रह र यसका सबैभन्दा निकट दुई छिमेकी ग्रह मङ्गल र बुधबीच पनि कैयन् समानता छन्। बुधलाई त कहिलेकाहीँ ‘पृथ्वीको दुष्ट जुम्ल्याहा’ पनि भनिन्छ।
‘तर जसरी थीआको उत्पत्तिबारे हामीलाई पक्कापक्की थाहा छैन, उसको अन्त्यबारे पनि अन्योल छ’ भ्यालेन्सियाले भनिन्।
तथापि केही सङ्केतहरू मिलेका छन्। सन् २०२३ मा गरिएको एक अध्ययनले पृथ्वीको गहिराइमा रहेका महादेश आकारका दुई क्षेत्र थीआको अवशेष हुन सक्ने दाबी गर्यो।
चन्द्रमामा पुन: अभियान
पृथ्वी र चन्द्रमाको जोडी कसरी बन्न पुग्यो भनेर यकिन जान्न अझै बाँकी छ।
त्यसैकारण नासाले मानिसलाई फेरि चन्द्रमामा पठाउने आर्टमिस अभियान थाल्न लागेकोप्रति वैज्ञानिकहरू निकै उत्साहित भएका छन्।
अपोलो अभियानताकाभन्दा अत्याधुनिक परीक्षण गर्न सम्भव हुनुका साथै नयाँ चन्द्र अभियानले दक्षिणी ध्रुवजस्ता चन्द्रमाका नयाँ क्षेत्रहरूको अन्वेषण गर्ने छ। अपोलोले चन्द्रमाको सीमित क्षेत्रबाट मात्रै (खासगरी त्यहाँको भूमध्येरेखाआसपासको क्षेत्रबाट) चट्टानका नमुना ल्याएको थियो।
‘यदि हामीले पृथ्वीको जम्मा छ वटा भाग मात्र डुल्यौँ भने के हामीले सम्पूर्ण पृथ्वीको अन्वेषण गरेको वा यसको उत्पत्ति बुझेको भन्न सक्छौँ ? निश्चय पनि सक्दैनौँ ! चन्द्रमामा वैज्ञानिक अध्ययनको असीमित सम्भावना छ’ भ्यालेन्सियाले भनिन्।
तर अहिलेका लागि हामीले जति बुझेका छौँ, त्यसको आधारमा थीआले गरेको त्यागका निम्ति ऊप्रति आभार मात्र व्यक्त गर्न सक्छौँ।
-बीबीसीबाट
५ फाल्गुन २०८२, मंगलवार १४:०९ प्रकाशित