१ कात्तिक, कोहलपुर । दशैँको खुसी बाँड्न सामाजिक अभियन्ता भुम भण्डारी कोहलपुर बसपार्कस्थित होल्डिङ सेन्टर पुगेका छन् । उनले त्यहाँ आश्रय लिइरहेका ११२ घरपरिवारलाई मासु-चिउरा वितरण गर्नुका साथै ९९ जना बालबालिकालाई दक्षिणा प्रदान गरेका छन् ।
आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारसँग चाडपर्वको खुसी साटासाट गर्ने र उनीहरूको मुहारमा मुस्कान ल्याउने उद्देश्यले भण्डारीले उक्त सहयोग गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रयासस्वरूप उनले सहकर्मी तथा साथीभाइको सहयोगमा कार्यक्रम सम्पन्न गरेका हुन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘सोच ठूलो होइन, भावना ठूलो हुनुपर्छ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै भण्डारीले दशैँको खुसी सबैसँग बाँड्ने प्रयास गरेको बताए । साझा प्रयासबाट हरेक चुलोमा दशैँ र हरेक नागरिकको मुहारमा मुस्कान ल्याउन सकिने उनको विश्वास छ ।
‘सामाजिक उत्तरदायित्वबाट विमुख हुने छुट कसैलाई छैन । सहयोग सानो वा ठूलोभन्दा पनि त्यो कुन भावना र उद्देश्यले गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ,’ भण्डारीले भने, ‘सबैको साथ र सहयोगबाट समाजमा रहेका विपन्न तथा असहाय परिवारसँग खुसी बाँड्न सकिन्छ ।’
कार्यक्रममा ज्येष्ठ नागरिक हुमाकान्त न्यौपानेले बालबालिकालाई दक्षिणा प्रदान गर्दै आशीर्वाद दिएका थिए । ज्येष्ठ नागरिकको आशीर्वाद र बालबालिकाको खुसीलाई अभियानको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको भण्डारीले बताए ।
अभियान सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्ण साथीभाइप्रति उनले आभार तथा कृतज्ञता व्यक्त गरेका छन् । उनका अनुसार समाजमा सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना बलियो बनाउन सामूहिक पहल आवश्यक छ ।
‘सेवा, सद्भाव र सामाजिक दायित्व निर्वाहको यो यात्रा निरन्तर जारी रहनेछ । समाजका दुःख, अभाव र समस्यालाई सकेको सहयोगमार्फत सम्बोधन गर्दै सामाजिक जिम्मेवारी पूरा गर्नेछु,’ भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।
चाडपर्वमा आफू मात्र खुसी हुनेभन्दा पनि अभावमा रहेका परिवारसँग खुसी बाँड्नु मानवीयताको सुन्दर उदाहरण हो । भण्डारीको यो पहलले सामाजिक सद्भाव, आपसी सहयोग र सामूहिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको छ ।
२ कार्तिक २०८३, आईतवार १४:१० प्रकाशित