प्रथम बाँके खुल्ला लाेक गित प्रतियोगितामा विश्वकर्मा प्रथम
  • काँचुली खबर

१७ जेठ, काेहलपुर । बाँकेकाे काेहलपुरमा प्रथम बाँके खुल्ला एकल लाेक गित प्रतियोगिता सम्पन्न भएकाे छ । गणतन्त्र दिवसको अवसरमा जेष्ठ १५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाँकेकाे आयाेजनामा सम्पन्न प्रतियोगितामा बागलुङका प्रेम विश्वकर्माले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी कास्कीका समीर पुन द्वितीय र चितवनका सन्दीप चेपाङ तृतीय भएका छन भने दाङकी कालिका राणा र गुल्मीका रमेश विश्वकर्माले सान्त्वना स्थान हासिल गरेका छन ।

काेहलपुर खुल्ला मञ्चमा आयाेजित प्रतियोगितामा देशभरबाट जम्मा ६१ जनाले सहभागिता जनाएकोमा ५५ जना प्रतिस्पर्धीहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिएके आयाेजक संस्थाका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई मेडल र प्रमाणपत्र सहित क्रमशः नगद रु. ४० हजार, ३० हजार र २० हजार सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई जनही नगद रु. ५/५ हजार र प्रमाणपत्र प्रदान गरीएकाे ठकुरीले बताए ।

प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका महासचिव शिव हमाल, उपाध्यक्ष पूर्णकला बिसी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्याल निर्णायककाे भूमिकामा रहेका थिए ।

  • १७ जेष्ठ २०८३, आईतवार २१:२० प्रकाशित
  • Nabintech