३० वर्षसम्म संरक्षित भ्रूणबाट जन्मियो बच्चा
  • काँचुली खबर

एजेन्सी । अमेरिकाको ओहायो राज्यका एक जोडीले ३० वर्षभन्दा बढी अवधिसम्म फ्रिजमा संरक्षित गरिएको भ्रूणबाट छोरा जन्माएका छन् । यो आफैमा विश्व कीर्तिमान रहेको बिबिसीले जनाएको छ । ३५ वर्षीया लिन्ड्से र ३४ वर्षीया टिम पियर्सले गत शनिबार आफ्ना छोरा थाडियस ड्यानियल पियर्सको जन्म भएको घोषणा गरेका छन् ।

‘हाम्रो परिवारलाई यो घटना कुनै साइ-फाई (वैज्ञानिक कल्पनामा आधारित) चलचित्रको जस्तै लागेको छ,’ आमा लिन्ड्सेले मासाच्युट्स इन्सिन्यूट्स अफ टेक्नोलोजी (एमआइटी) रिभ्युलाई भनिन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सबैभन्दा लामो समयसम्म प्रयोगशालामा फ्रिज गरिएको भ्रूणबाट सफलतापूर्वक बच्चा जन्मेको या घट्नालाई विश्व कीर्तिमान मानिएको छ । यसअघि सन् १९९२ मा फ्रिज गरिएको एक भ्रूणबाट सन् २०२२ मा जुम्ल्याहा बच्चा जन्मेका थिए ।

पियर्स दम्पतीले सात वर्षसम्म सन्तान जन्माउने प्रयास गरेका थिए । त्यो संभव नभएपछि उनीहरूले १९९४ मा लिन्डा आर्चर्ड (हाल ६२ वर्षीया) र उनका तत्कालीन श्रीमानले आइभीएफ प्रविधिमार्फत बनाएको भ्रूणलाई स्वीकार गर्ने निर्णय गरेका थिए ।

त्यति बेला लिन्डा आर्चडले चार भ्रूण बनाएकी थिइन् । तीमध्ये एकबाट छोरी (हाल ३० वर्षीय) जन्मेकी थिइन भने बाँकी तीन भ्रूणलाई फ्रिजमा सुरक्षित हिसाबले भण्डारण गरेर राखिएको थियो ।

आर्चडले पतिसँग अलग भएपनि ती भ्रूणहरूलाई नष्ट गर्न, अनुसन्धानका लागि दान गर्न वा अन्य परिवारलाई गोप्य हिसाबले उपलब्ध गराउन चाहिनन् । भ्रूणमा रहेको ती बच्चासँग आफू जोडिएको र आफ्नी छोरीसँग पनि उनीहरूको नाता भएका कारण ती भ्रूणलाई आफुले महत्वका साथ सुरक्षित राखेको आर्चडले बताइन् । उनले हजारौँ डलर खर्च गरेर प्रयोगशालामा ती भ्रूणलाई सुरक्षित राखेकी थिइन् । त्यसपछि उनी स्नोफलेक्स कार्यक्रम सञ्चालन गरिरहेको क्रिश्चियन एडप्सन नामक एक संस्थासँग सम्पर्कमा आएकी थिइन् । धेरैजसो यस्ता संस्थाहरू आफ्ना कार्यक्रमलाई जीवन बचाउने कार्य ठान्छन्।

आर्चडले धार्मिक, जातीय र राष्ट्रिय प्राथमिकता रोज्न सकिने हिसाबले भ्रूण स्वीकार गर्ने दम्पती रोज्न सक्ने विकल्प अवलम्बन गरिन् । उनले विवाहित, गोरो बर्णका, ईसाई र अमेरिकामा बसोबास गरिरहेका जोडीलाई प्राथमिकता दिइन् । ‘म देशबाहिर जान चाहन्नथे,’ उनले भनिन् । अन्ततः उनी पियर्स परिवारसँग जोडिन पुगिन् ।

टेनेसीमा रहेको रिज्वाइस फर्टिलिटी नाम गरेको आइभिएफ क्लिनिकमा यो प्रक्रिया अगाडि बढ्यो र उक्त भ्रूणलाई लिन्ड्सेको गर्भमा राख्यो । क्लिनिकले जुनसुकै उमेरको भ्रूण भएपनि सफलतापूर्वक हस्तान्तरण गर्ने आफ्ना उद्देश्य रहेको बताएको छ ।

  • १७ श्रावण २०८२, शुक्रबार १३:०६ प्रकाशित
  • Nabintech